भरतपूर प्रकरणः सर्वोच्चमा आज सरकारी वकिलले बहस गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भरतपूर प्रकरणः सर्वोच्चमा आज सरकारी वकिलले बहस गर्ने

सारांश

  • काठमाडौं ।
  • चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान वा मतगणना भन्ने विवादमा परेको रिटमा बिहीबार (आज) सर्वोच्चमा बहस हुनेछ ।
  • आज सरकारी वकिलले बहस गर्ने बताइएको छ ।

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान वा मतगणना भन्ने विवादमा परेको रिटमा बिहीबार (आज) सर्वोच्चमा बहस हुनेछ । आज सरकारी वकिलले बहस गर्ने बताइएको छ ।
सरकारी वकिलको बहसपछि निर्वाचन आयोग तर्फका कानुन व्यवसायीले पनि बहस गर्ने बुझिएको छ ।

यसअघि पटक–पटक स्थगित भएर पछि हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको सो मुद्दाको बहस बिहिबार अर्थात (आज)लाई तोकिएको थियो ।

गत साउन २ गतेदेखि मुद्दाको मिसिल खोलिए पनि यसअघिको अन्तरकालिन आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने बहस सकिएपछि मात्रै निश्चित हुने भएको छ ।

सरकारी वकिल र आयोगका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षलाई जवाफका लागि समय दिइने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?