नेपालले पायाे एकदिवसीय मान्यता,क्रिकेटमा एेतिहासिक सफलता !
सारांश
- नेपालले अन्तर्राष्ट्रिय क्रिकेटकाे एकदिवसीय मान्यता पाएकाे छ ।
- यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो ।
- ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले अाजै पपुवान्युगिनीलार्इ ६ विकेटले हराएकाे थियाे ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटकाे एकदिवसीय मान्यता पाएकाे छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले अाजै पपुवान्युगिनीलार्इ ६ विकेटले हराएकाे थियाे । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालकाे ओडिआई स्टाटस पक्का भएको हो ।
नेपालसँग पराजित भएकाे पपुवान्युगिनीले भने अाजैबाट अाेडिअार्इ स्टाटस गुमाएकाे छ । अहिलेसम्म एशोसिएसट टिम मात्र रहेकाे नेपालका लागि याे ठूलाे माैका पनि हाे ।
अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग रकममा पनि उल्लेख्य वृद्धि हुनेछ । आर्इसिसीले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।
यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउने अवसर हुनेछ।
यस्तै, टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ भने नेपाल आईसिसीको एक दिवसीय वरियतामा पर्नेछ।
एकदिवसीय मान्यता पाएपछि कप्तान पारसले दिए सबैलाई बधाइ !
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएकोमा खुसी व्यक्त गरेका छन् । विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीलाई हरायो भने हङकङ नेदरल्याण्ड्ससँग हारेपछि नेपालको ओडीआई स्टाटस पक्का भएको छ ।
लगतै ट्वीट गर्दै पारसले समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
वर्षौंवर्षको कडा मेहनत, प्रतिवद्धता र लगावका कारण नेपाल ओडीआई नेशन बनेको भन्दै उनले भनेका छन्, ‘नेपाल क्रिकेटको ऐतिहासिक यात्रामा सहभागी सबैलाएई बधाइ छ ।’
Thank you everyone for the support..Just been years and years of toil,persisitance,sacrifices,commitment and hardwork..Finally WE BECOME An ODI nation..
Congratulations to everyone who has been part of Nepal cricket's incredible journey ..
God Bless..!!!— Paras Khadka (@paras77) March 15, 2018
एक दिवसीय मान्यता पाए नेपाललाई के हुन्छ?
एकदिवसीय मान्यता पाउनु भनेको नेपाल जस्तो देशको लागि क्रिकेटमा निकै ठूलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) ले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।
यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउनेछ। साथै टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ। यस्तै नेपाल आईसीसीको एक दिवसीय वरियतामा पर्नेछ।
Hira Man Rai
Congratulation !!