नेपालगञ्जको ‘वाटरपार्क’ पर्यटनको बलियो आधार

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
२० पटक हेरिएको
Shares
नेपालगञ्जको ‘वाटरपार्क’ पर्यटनको बलियो आधार

सारांश

  • लामो समयको पर्खाइपछि यहाँको बहुप्रतिक्षित ठूलो योजनाभित्रको ‘वाटरपार्क’ निर्माणको काम अहिले धमाधम भइरहेको छ ।
  • “वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोसेढुङ्गा साबित हुनेछ”, नेपालगञ्ज उपमहानगरपालिका—१ का वडाध्यक्ष प्रमोद रिजालको भनाइ छ ।
  • वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ ।

लामो समयको पर्खाइपछि यहाँको बहुप्रतिक्षित ठूलो योजनाभित्रको ‘वाटरपार्क’ निर्माणको काम अहिले धमाधम भइरहेको छ । “वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोसेढुङ्गा साबित हुनेछ”, नेपालगञ्ज उपमहानगरपालिका—१ का वडाध्यक्ष प्रमोद रिजालको भनाइ छ ।

वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार र पौडी पोखरीका रूपमा विस्तार गरिने छ । पार्कमा आकर्षक र मनमोहक पूmलबारी, बाल उद्यान, व्यावसायिक प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण हुनेछन् ।

“कुचुक्क परेको हाम्रो धम्बोझी टोलको बीचमा रहेको वाटरपार्क निर्माणले यो वडाको स्वरूप नै फेरिन्छ, यहाँ हाम्रो व्यापार बढ्छ, हाम्रो जीवनस्तर पनि फेरिन्छ”, स्थानीयवासी रघुवीर मिश्र खुशी व्यक्त गर्दै भन्नुहुन्छ ।

हुन पनि स्थानीयवासी मिश्रले भने जस्तै वाटरपार्क निर्माणको ‘डिजाइन’ पनि त्यसैगरी भएको छ । नेपालगञ्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्क क्षेत्रभित्र १८ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गर्नेछ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिनेछ ।

नेपालगञ्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको छ । “यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको चार वर्षभित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ”, नेपालगञ्ज नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो ।

नगर विकास समितिले अहिले वाटर पार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाणपुर्जा तयार गरिसकेको छ । केही दिनभित्र जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष राणाले बताउनुभयो । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार घरसंरचना निर्माण गर्नुपर्ने जनाइएको छ ।

पश्चिम नेपालकै नमूनाका रूपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ । वाटरपार्क संरचनाअन्तर्गत शुरुआती चरणमा पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माण हुनेछन् । निर्माणको काम छिटो सक्न पाँचवटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ ।

आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, आर्थिक विकासको आधार बलियो बनाउन र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन वाटरपार्क योजना जति सकेको छिटो सम्पन्न हुनुपर्नेमा यहाँका जनप्रतिनिधिहरु, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणहरु एकमत छन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
ERP Implementation Measurement
लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ
लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ
श्वेता खड्काको प्रश्न : उहाँलाई गर्ने मायाको मापन पत्रकारको कलमले कसरी गर्न सक्छ ?
श्वेता खड्काको प्रश्न : उहाँलाई गर्ने मायाको मापन पत्रकारको कलमले कसरी गर्न सक्छ ?
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
नेपाली बजारमा सुनको भाउ घटयो, यस्तो छ कारण
सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने
सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने
कांग्रेसलाई राहत दिलाए यादवले
कांग्रेसलाई राहत दिलाए यादवले

तपाईंले छुटाउनुभयो कि?