यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो

सारांश

  • वैशाख १० – कहिलेकाहीँ मानिसले नगर्ने काम जनावरले गरेर सबैको मन जितेका हुन्छन् ।
  • कहिले बाँदरले मालिकलाई जोगाउन आफ्नै प्राण दिएको घटना सार्वजनिक भएका छन् त कहिले कुकुरले मानिसलाई जोगाएको समाचार ।
  • कुकुर र मानिसबीच साँच्चिकै आत्मीय सम्बन्ध रहेको हुन्छ ।

वैशाख १० – कहिलेकाहीँ मानिसले नगर्ने काम जनावरले गरेर सबैको मन जितेका हुन्छन् ।

कहिले बाँदरले मालिकलाई जोगाउन आफ्नै प्राण दिएको घटना सार्वजनिक भएका छन् त कहिले कुकुरले मानिसलाई जोगाएको समाचार । कुकुर र मानिसबीच साँच्चिकै आत्मीय सम्बन्ध रहेको हुन्छ ।

 

त्यसैले होला प्राय संसारका सबै ठाउँमा मान्छेले कुकुरलाई आफ्नो साथी बनाउने गर्छन । कुकुरलाई आज्ञाकारी पशुको रुपमा पनि लिने गरिन्छ । पछिल्लो पटक अष्ट्रेलियाकामा एउटा कुकुरले प्रशंसै–प्रशंसा बटुलिरहेको छ ।

अष्टेलियाको क्वीन्सल्याण्डमा १७ वर्षको एउटा कुकुरले ३ वर्षीया एक बालिकालाई आमाको जस्तै साथ दिएको छ । तीन वर्षकी ती बालिका गएको शुक्रबार घरबाट हराएकी थिइन । उनी हराएपछि सय जना उद्धारकर्ता,  स्वंमसेवक र प्रहरीको टोली उनको खोजीमा लागेको थियो ।

घरबाट हराएकी उनलाई एक रातसम्म खोजी गर्दा समेत कसैले भेटाउन सकेको थिएन् । क्वीन्सल्याण्ड घर भएकी अउरोरा नाम भएकी ती तीन वर्षकी बालिका एक रातपछि भेटिइन् । तर उनलाई उद्धारकर्ता वा प्रहरीले भेटाएका थिएनन् । उनलाई त कुकुरले भेटाउन सहयोग गरेको थियो ।

त्यति मात्रै होइन उनलाई त्यै कुकुरले सुरक्षित राखेको थियो । उनकै घरमा पालिएको १७ वर्षको म्याक्स नाम गरेको त्यो कुकुरले उनलाई एक रातसम्म आमाले जस्तै साथ दिएको थियो । बालिका घरबाट हिँडेपछि कुकुरले बालिकालाई पछ्याएको थियो ।

आँखा कम देख्ने तथा कान पनि कम सुन्ने त्यो कुकुरले बालिका घर छाडेर झाडीमा पस्दा सँगै गएको थियो । बालिकासँगै त्यस कुकुरले झाडीमा १६ घण्टा बिताएको बालिकाका आफन्तले बताएका छन् । प्रहरीका अनुसार कुकुरको सहायतबाट बालिकालाई आफन्तले गएको शनिबार बिहान हिलसाइडमा भेटाएका हुन ।

बालिकाकी हजुरआमा लेइसा मारिइ बेननेटले घरबाट झण्डै २ किलोमिटर टाढा थुम्कोमा कोही चिच्याएको सुनिन् । हजुरआमाले बालिकाले चिच्याएको झैँ लागेर थुम्कोमा कराउँदै पुगिन् ।

‘म थुम्कोमा गएर चिच्याएँ र मेरो आवाज सुनेर कुकुर म भएको ठाउँमा आयो’, बालिकाकी हजुरआमा बेननेटले अष्ट्रेलियाको एक सञ्चार माध्यमलाई भनिन,  ‘म भएको ठाउँमा आएको कुकुरले मलाईँ डोहोर्यायो, र मलाईँ सिधै बालिका भएको ठाउँमा पुर्यायो ।’

बालिकाका आफन्तका अनुसार बालिकाले १५ सेन्ट्रिग्रेडको तापक्रममा एक रात कुकुरसँगै एक ढुङ्गामुनि बिताइन् । तीन वर्षकी ती बालिकाले एक रात बाहिर बिताउँदा पनि उनलाई सामान्य घाउ मात्रै भएको थियो । कुकुरको सहयोगमा बालिका भेटिएपछि अष्ट्रेलियाको त्यो कुकुरको प्रशंसा भएको छ । प्रहरीले त त्यो कुकुरलाई सम्मनार्थ प्रहरीको दर्जा दिएको छ ।

तीन वर्षकी ती बालिका रातभरीको चिसोमा एक्लै झाडीमा हराउँदा धेरै डराएको तथा चिच्चाएको हुनसक्ने एक प्रहरी वरिष्ठ अधिकारीले बताए । उनले कुकुरले बालिकालाई न्यानो बनाएर राखेकै कारण बालिका रातभर बसेको हुनसक्ने आशंका गरे ।

कुकुर किन त्यति बिग्न बफादार ?

प्रायः उमेर ढल्केका कुकुरले मान्छेसँग बस्न रुचाउने भएका कारण बालिका रातभर सुरक्षित भएको सिड्नी विश्वविद्यालयका प्राध्यापक पल म्याकग्रीवीले बताए ।

पशु व्यवहारका विज्ञसमेत रहेका प्राध्यापक म्याकग्रीवीले बालिका डराएको अनुभव गरेकै कारण बालिकालाई कुकुरले नछाडेको बताए । बालिका कराएको वा चिच्चाएको भए कुकुरले उनलाई सहज बनाउने प्रयास गरेको हुनसक्ने उनको भनाई छ । उज्यालो अन्लाईन बाट

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Paudel

    Manab ma pni kukur ma kati bafadari vaidiye kya ramro hune thiyo!!!!!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?