नेपालले यूएईलाई ६ विकेटले हरायो
सारांश
- काठमाडौं।
- महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ।
- यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौं। महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकाको डम्बुलामा जारी ‘नवौं महिला एसिया कप क्रिकेट प्रतियोगिता’ को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गर्न नेपालकी सम्झना खड्काले उत्कृष्ट योगदान दिइन्।
नेपालको उत्कृष्ट प्रदर्शनमा सम्झनाले अविजित ७२ रन जोडिन्। सम्झनाको अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो अर्ध शतक हो। नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिइन्।
यस अघि टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया