उधारो आश्वासनमा झुक्किएर अनशन नतोड्ने गंगामायाको अडान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
उधारो आश्वासनमा झुक्किएर अनशन नतोड्ने गंगामायाको अडान

सारांश

  • काठमाडौं, २६ असार ।
  • छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् ।
  • हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुन सचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो ।

काठमाडौं, २६ असार । छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् ।

हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुन सचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो ।

“तपाईंको मुख्य माग पूरा भइहाल्यो, अब अरू पनि पूरा गर्दै जान्छौँ । अनशन तोडिदिनुपर्यो”, कानुनसचिव राजीव गौतमले आइसीयूमै पसेर गंगामायालाई भनेका थिए, “ज्यान रहे मात्रै न्यायको अर्थ रहन्छ, त्यसैले अब खाइदिनुस् ।” जवाफमा गंगामायाले यसअघि पनि ६ पटक यसैगरी उधारो अश्वासन दिएर अनशन तोडाएको भन्दै अब आफू नझुक्किने बताएकी थिइन् ।

“अरू अपराधी पनि छन्, तिनलाई समातेर ल्याउनुस् । मेरो बेपत्ता छोरालाई खोजिदिनुस्, मेरो बसोबासको व्यवस्था मिलाइदिनुस्”, उनले भनिन्, “त्यसपछि म तपाईंले नखा भने पनि खान्छु । यसरी फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?” यो समाचारलाई आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु
कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु
भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
त्रिविका क्याम्पसहरु २ साताका लागी बन्द
त्रिविका क्याम्पसहरु २ साताका लागी बन्द
नेपाली कांग्रेलाइ बजेट: हात्ती आयो, हात्ती आयो फुस्सा !
नेपाली कांग्रेलाइ बजेट: हात्ती आयो, हात्ती आयो फुस्सा !
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ
दाहालले  भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’
दाहालले भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

तपाईंले छुटाउनुभयो कि?