संसारकै अग्लो टावर बुर्ज खालीफामा शाहरूखलाई शुभकामना

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
संसारकै अग्लो टावर बुर्ज खालीफामा शाहरूखलाई शुभकामना

सारांश

  • एजेन्सी।
  • बलिउड अभिनेता शाहरुख खानले शनिबार आफ्नो ५४ औं जन्मदिन मनाए।
  • यसक्रममा उनलाई धेरै बधाइ तथा शुभकामना आए।

एजेन्सी। बलिउड अभिनेता शाहरुख खानले शनिबार आफ्नो ५४ औं जन्मदिन मनाए। यसक्रममा उनलाई धेरै बधाइ तथा शुभकामना आए। भारतका करोडौं फ्यानहरूले उनको जन्मदिनलाई विशेष बनाइदिए।अझै विशेष त दुबइका फ्यानहरूले उनका निम्ति बनाइदिए जब शाहरूखलाई संसारकै ठूलो टावर बुर्ज खालीफामार्फत् शुभकामना दिए। दुबइमा रहेका शाहरूखका प्रशंसकहरूले बुर्ज खालीफा अगाडि उभिएर शुभकामना दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। बुर्ज खालीफा त्यही टावर हो जहाँ नेपालको संविधान दिवसका दिन नेपाली झन्डा फहराइएको थियो।

शनिबार राती बुर्ज खालीफामा ‘ह्याप्पी बर्थ डे टु किङ अफ बलिउड शाहरूख खान’ सन्देशसहित सांगीतिक शुभकामना दिइएको थियो। शाहरूखको फिल्म ‘ओम शान्ति ‌ओम’को ‘धूमताना’ गीतको धूनमा पानीका फोहोराहरू र झिलीमिली बत्तीको रमझममा मान्छे रमाइरहेका थिए।धेरैले बुर्ज खालीफामा यसरी नाम देखिने शाहरूख पहिलो भारतीय भएको पनि बताएका छन्। तर यसअघि महात्मा गान्धीको १५० औं जन्मोत्सवमा पनि बुर्ज खालीफामा शुभकामना दिइएको थियो।

शाहरूखले आफ्ना फ्यानहरूलाई धन्यवाद दिँदै ‘म अहिलेसम्मकै उचाइमा पुगेको महशुस भएको छ’ भनेका छन्। नेटफ्लिक्स इन्डियाले पनि ‘संसारलाई धन्यवाद, शाहरूखलाई यो दुनियाँमा पठाउनुभएकोमा’ भन्दै ट्विट गरेको छ।शाहरूखलाई शुभकामना दिन मध्यरातमा फ्यानहरू उनके घर ‘मन्नत’ को बाहिर भेला भएका थिए। शाहरूखले पनि बाहिर आएर सबैको शुभकामना लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न अपराधिक कार्यमा संलग्न ४ जना पक्राउ !
विभिन्न अपराधिक कार्यमा संलग्न ४ जना पक्राउ !
बजेट कठिन परिवेशमा आएको छ  : अर्थमन्त्री डा महत
बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा महत
डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव
डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला
कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान
आजको राशिफल
आजको राशिफल
देशभरका शिवालयमा भक्तजनको घुइँचो
देशभरका शिवालयमा भक्तजनको घुइँचो
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

तपाईंले छुटाउनुभयो कि?