एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
१४
|
२४ पटक हेरिएको
Shares
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती

सारांश

  • काठमाडौं, ११ माघ ।
  • अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले एमाले नेताहरुले पार्टी एकताको विषयमा भ्रमात्मक धारणा दिएको भन्दै आक्रोश पोखेका छन् ।
  • पुनले बिहीबार बिहानै सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमा एमाले नेताहरुले आफू एक्लैले बहुमत ल्याएको जस्तो गरेर पार्टी र सरकारको नेतृत्व एउटै व्यक्ति हुने भन्दै दिएको अभिव्यक्तिप्रति तिखो आक्रोस व्यक्त गरेका हुन् ।

काठमाडौं, ११ माघ । अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले एमाले नेताहरुले पार्टी एकताको विषयमा भ्रमात्मक धारणा दिएको भन्दै आक्रोश पोखेका छन् ।

पुनले बिहीबार बिहानै सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमा एमाले नेताहरुले आफू एक्लैले बहुमत ल्याएको जस्तो गरेर पार्टी र सरकारको नेतृत्व एउटै व्यक्ति हुने भन्दै दिएको अभिव्यक्तिप्रति तिखो आक्रोस व्यक्त गरेका हुन् ।

पार्टी एकतापछि सरकार र नयाँ बन्ने पार्टी दुवैको नेतृत्व एमाले अध्यक्ष केपी ओली हुने भन्ने अभिव्यक्तिहरु छताछुल्ल हुन थालेपछि एमाले नेताहरुलाई ध्यान केन्द्रित गराउन पुनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

एमाले महासचिव इश्वर पोखरेल, शंकर पोखरेल, शेरधन राईलगायतका नेताहरुले एकतापछिको पार्टीको अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने र त्यो पनि केपी ओली नै हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला पुनको यो चेतावनी आएको हो ।

फेसबुकमार्फत उनले यदि एमालेलाई त्यस्तै घमण्ड आएको हो भने एक्लै सरकार बनाएर देखाउन चुनौती पनि दिएका छन् । उनले एमालेले यस्तै घमण्ड गरेमा २०६४ मा माओवादी र २०७० मा कांग्रेसले घमण्ड देखाउँदा प्रतिपक्षमा बस्नुपरेको तितो यथार्थलाई एकपटक हेर्न आग्रह पनि गरेका छन् ।

पार्टी नेतृत्वले पदका लागि कुनै दावी नगर्ने प्रण गरिरहँदा पार्टीभित्रका नेताहरु भने नेतृत्वको मर्म र भाव विपरित नेतृत्व र कार्यकर्ताहरुलाई उक्साउने र भाँजो हाल्ने क्रियाकलापमा अग्रसर भएको देख्दा एकतालाई असर पर्ने युवा नेता पुनको आशय रहेको छ ।

निर्वाचनअघि नै पार्टी एकता गर्ने प्रतिबद्धतासहित निर्वाचनमा होमिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच अझैंसम्म एकताको ठोस परिणाम आउन सकेको छैन ।

दिपेश पुन उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र हुन् ।

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    JN Marasini

    हेर यो अस्तिको चल्लाको यत्रो फुर्ती ?

    Comment Author

    Sanjit Kunwar

    good

    Comment Author

    Mohan Kc

    एसको फूर्ति हेर्न फेरी कसले एक्लै चलाउछु भनेको र.छ र फेसबुक्कमा भूकेको होला !!

    Comment Author

    बिरेन्द्र बागलुङ

    सहि कुरा

    Comment Author

    Thamanath Ghimire

    जनमत ले पनि देखाइ सकेको छ सबैको हैसियत ।

    Comment Author

    कमल सिग्देल

    Sahi ho

    Comment Author

    रेवती रमण कार्की

    Kta kt lai ni thaha xa ni bahumat xaena vanne?jaruri xa chunauti ko?

    Comment Author

    Matrika Dhungana

    दिपेश जी एमाले र माके फ्युजन भैसक्यो अत्यधिक बहुमतको सर्कार बन्दै छ!एमाले एकिलै सर्कार बनाएर देखावस् त भन्नु शक्तीशाली जवानी ब्यक्तिलाई ल ल टाउकाले टेकेर दकुर त भन्नु जस्तै हो !खुट्टा भएको ब्यक्ती हो खुट्टैले दकुरेर देखाउँछ !

      Comment Author

      Manoj Kafle

      ??

    Comment Author

    Shambhu Pokhrel

    tapaiko yo status le k parti yekikarn lai madat pugxa?

    Comment Author

    Raju Sarma

    अहिले ऐमाले सँग नमिलेकाे भय तिम्राे पाटिकाे के गति हुन्थाे स्थानिय चुनाबकाे नतिजा भुलेउ माहासय

    Comment Author

    Santosh Pudasaini

    Aba congresssangha milera prachanda com. PM hunu par6.

    Comment Author

    Manoj Kafle

    Prachandi ko
    Biswaas maa eak palt oli laae nai party leader diyar sarkaar chalaaune jimmaa diy maa aaudo 5 bars samma maa prachand ko sahi parichhaa hunthiyo, Ra raastiy communists ko 1 number ledars sampurn communists jan le maathey, natra testai ho, ?sing hune ko bhar hudain???aafu pani dubney bhayko laae pani dubaauney??

    Comment Author

    Stanger Solitary Durgesh Shrees

    सहि दिपेश जि को भनाई म पनि सहमति छु

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?