नेपाली चलचित्र ‘राम कहानी’ काे ट्रेलर सार्वजनिक
सारांश
- काठमाडाैँ, १७ साउन ।
- सुदर्शन थापा निर्देशित चलचित्रका ‘राम कहानी’काे ट्रेलर बिहिबार दिउसाे सार्वजनिक भएकाे छ ।
- फिल्ममा अाकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिँदै छन् ।
काठमाडाैँ, १७ साउन । सुदर्शन थापा निर्देशित चलचित्रका ‘राम कहानी’काे ट्रेलर बिहिबार दिउसाे सार्वजनिक भएकाे छ । फिल्ममा अाकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिँदै छन् । सुदर्शन थापा र पूजा शर्मा कै लगानीमा बन्न लागेकाे फिल्म राम कहानीमा लव कमेडी र हरर काे संगम देख्न सकिन्छ ।
फिल्ममा केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (तक्मे बुढा) र रविन्द्र झा समेत रहेका छन् । वरिष्ठ हाँस्य कलाकारकाे अभिनय र पूजा र अाकाशकाे प्रेम कहानीले फिल्म उत्कृष्ट बनेकाे अनुमान लगाउन सकिन्छ ।
फिल्म भदाै २२ मा रिलिज हुँदैछ भने यसकाे एउटा गित ३ महिना अघि नै सार्वजनिक भएकाे थियाे र दर्शकले रुचाएका पनि थिए ।
ट्रेलरकाे लिंक तल दिइएकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया