हाम्रो कर्णाली हामी बनाउँछौः इन्चार्ज जनार्दन शर्मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
हाम्रो कर्णाली हामी बनाउँछौः इन्चार्ज जनार्दन शर्मा

सारांश

  • सुर्खेत, २६ असोज ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताउनुभएको छ ।
  • प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आउनुभएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताउनुभयो ।

सुर्खेत, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताउनुभएको छ । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आउनुभएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताउनुभयो ।

“हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ”, उहाँले भन्नुभयो, “यसका लागि यहाँस्थित सबैले योगदान पु¥याउनु पर्दछ ।” उहाँले कर्णाली प्रदेश सरकारसँगको बैठकमा सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग पु¥याउने, कर्णाली विकासको ५–१५–५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय भएको बताउनुभयो । योजनाभन्दा कार्यान्वयन र परिणामसमेत महत्वाकाङ्क्षी हुनुपर्नेमा शर्माले जोड दिनुभयो ।

“कर्णाली प्रदेशमा हाल पूर्वाधारका साथै जनशक्ति अभाव छ । कर्मचारीको पुनःसंरचना हुनसकेको छैन”, उहाँले भन्नुभयो, “सङ्घर्ष र छलफलका बीचबाट रुपान्तरणको अभियान थाल्छौँ ।” कर्णालीमा ३३ प्रतिशत मात्र कर्मचारी आएको बताउँदै उहाँले अब प्रदेश सरकारले आफँैले कर्मचारी भर्ना गर्ने बताउनुभयो । फरक प्रसङ्गमा उहाँले नेकपाको कमिटीले तल्लोस्तरसम्म पूर्णता नपाएको र पार्टी स्थायी कमिटीको आगामी कात्तिक ४ गते बस्ने बैठकले सबै टुङ्गो लगाउने जानकारी दिनुभयो । कार्यक्रममा उहाँले अब पार्टीभित्र कुनै गुट नहुने र यो विधि विधानसँग चल्ने बताउनुभयो । कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, डा पूण्य रेग्मी, डा कुशेन्द्र महत र डा गोविन्द वियोगीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
नेता डा. रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित
नेता डा. रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित
नेकपामा यसरी मिल्यो भागबण्डाको सेटिङ
नेकपामा यसरी मिल्यो भागबण्डाको सेटिङ
गाउँपालिका महासंघले भन्यो, प्रदेश र संघले कर उठाउँदा स्थानीय तहको बदनाम
गाउँपालिका महासंघले भन्यो, प्रदेश र संघले कर उठाउँदा स्थानीय तहको बदनाम
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस
स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
मुख्यमन्त्री राईद्वारा मोटरबाटाे उद्घाटन
मुख्यमन्त्री राईद्वारा मोटरबाटाे उद्घाटन
तिहारः शीर्ष नेतालाई कस्ले लगाइदिन्छ टीका ?
तिहारः शीर्ष नेतालाई कस्ले लगाइदिन्छ टीका ?