नक्कली डाक्टरले इलाज गर्दा बिरामीको ज्यान गएमा जन्मकैद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नक्कली डाक्टरले इलाज गर्दा बिरामीको ज्यान गएमा जन्मकैद

सारांश

  • काठमाडौँ ।
  • आगामी भदौ १ देखि लागू हुन लागेको नयाँ ऐनमा इजाजत नलिएकाले उपचार गरी बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखिएको छ ।
  •  चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त गरेपछि मात्र इजाजत पाइने व्यवस्था छ ।

काठमाडौँ । आगामी भदौ १ देखि लागू हुन लागेको नयाँ ऐनमा इजाजत नलिएकाले उपचार गरी बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखिएको छ । चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त गरेपछि मात्र इजाजत पाइने व्यवस्था छ । 

यो कानुनको प्रावधान अनुसार कुनैपनि नक्कली डाक्टरले उपचार गर्दा बिरामीको ज्यान गएमा नक्कली डाक्टर जेल जानुपर्ने व्यवस्था छ । त्यो पनि जन्मकैद अर्थात जीवनभर जेल ।

‘उपचार गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अंगको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन, खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन’ कानुनमा भनिएको छ ।

लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको विरामीको मानव अंगलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन, सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचारमा भने बाधा नपुग्ने कानुनमा उल्लेख छ ।

इजाजत नलिएका नक्कली चिकित्सकले चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अंगभंग भएमा पन्ध्र
वर्षसम्म कैद हुनेछ । कसैले पनि गलत नियतले उपचार गर्न नपाइने कानुनी व्यवस्था छ ।

कसैलाई पनि बदनियत राखेर उपचार गर्न पाइने छैन । कानुनमा लेखिएको छ, ‘कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनुपर्ने मनासिब कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अङ्गको चिरफार गर्नु पर्नेमा अर्को अंग चिरफार गर्न वा त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन हुँदैन ।’

एउटा अंगको चिरफार गर्नुपर्नेमा अर्को गरेमा पनि कानुनले दोषी ठहर गरी सजाय तोकेको छ ।
बदनियत राखेर कसैको ज्यान गएकोमा ज्यान मारे सरह ठहरिनेछ । त्यसैगरी कसैको अंगभंग भएमा अंगभंग गराएको ठहरिनेछ ।

चिकित्सकले इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी अपनाउनुपर्नेछ । सावधानी नअपनाई लापरबाही, हेलचक्य्राइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न
नहुने कानुनमा लेखिएको छ ।

लापर्वाहीबाट कसैको ज्यान मर्न गएमा वा अंगभंग भएमा, लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना उल्लेख छ । हेलचक्य्राइँ गरेको कारणबाट मरेमा वा अंगभंग भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Kumar Shrestha

    Ani sakkaliko laparwahile gayo vane?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता
चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता
पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै
पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै
यी हुन् घर भाडा फिर्ता गर्ने १२ सांसद
यी हुन् घर भाडा फिर्ता गर्ने १२ सांसद
मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?
मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
प्रदेश १ : राजधानि कोशी वा सगरमाथा राखौँ:  प्रधानमन्त्री ओली
प्रदेश १ : राजधानि कोशी वा सगरमाथा राखौँ: प्रधानमन्त्री ओली
नेपाल आइडलका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
नेपाल आइडलका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
साउदी अरबका विदेशमन्त्री जुबैर घटुवामा परे
साउदी अरबका विदेशमन्त्री जुबैर घटुवामा परे
प्रचण्डको प्रस्तावलाई प्रम ओलीको जवाफी प्रस्ताव तयार, आजको बैठकमा पेश हुने