स्ववियू निर्वाचन स्थगित् गरिएको भन्दै नेविसंघ आक्रोशित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
स्ववियू निर्वाचन स्थगित् गरिएको भन्दै नेविसंघ आक्रोशित

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएकोमा कडा आपत्ति जनाएको छ ।
  • त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिमा विषेश कारण देखाउदै अर्को निर्णय नभएसम्मका लागि स्ववियू निर्वाचन स्थगित गरेको थियो ।

काठमाडौं, ७ फागुन । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएकोमा कडा आपत्ति जनाएको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिमा विषेश कारण देखाउदै अर्को निर्णय नभएसम्मका लागि स्ववियू निर्वाचन स्थगित गरेको थियो ।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकार र त्रिभुवन विश्वविद्यालयले षड्यन्त्रपूर्ण तबरले स्ववियू निर्वाचन स्थगित गरेको गम्भिर आरोप लगाए । भट्टराईले विज्ञप्तीमार्फत त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सम्बन्धमा विद्यार्थी संगठनसंग कुनै छलफल नै नगरि स्ववियू निर्वाचन स्थागित गरेको बताएका छन् ।

उनले सरकार र त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका अस्तित्व समाप्त पार्ने अभियानमा लागेको आरोप लगाए । भट्टराईले विज्ञप्तीमा भनेका छन–‘नेपाली विद्यार्थी आन्दोलन एउटा ऐतिहाँसीक उपलब्धी स्वतन्त्र विद्यार्थी युनियनका स्थापनामा नेपाल विद्यार्थी संघका अग्रजहरुको रगत र पसिना जोडिएकाले नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको अस्तित्व जोगाउनका लागि जस्तो सुकै मुल्य चुकाउन तयार छ ।’ महामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएमा आफ्नो मनलाग्दी रोकिने डरले स्ववियूको अस्तित्वमाथि धावा बोल्ने प्रयासमा लागेको बताए ।

विज्ञप्तीमा थप भनिएको छ,‘विश्वविद्यालयको नेतृत्वलाई स्वतन्त्र विद्यार्थी युुनियनको निर्वाचन भए आफ्नो मनोपोली रोकिने डर र सरकारलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदा प्रजातान्त्रीक अभ्यास भएर प्रजातन्त्र र लोकतन्त्रको बलियो संस्था बन्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हठात रोक्न तयार भएका छन् । सरकार र त्रिभुवन विश्व विद्यालयको यो हर्कतका विरुद्धमा सम्पुर्ण लोकतन्त्रवादी विद्यार्थीहरुलाई गोलबन्द हुन समेत आग्रह गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैं-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र
दशैं-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने
कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने
भदौ १३ गते शुक्रबारको राशिफल यस्तो छ
शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी
शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?
के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?
विहान ६ बजे सम्म बागलुङको  निर्वाचन मगणना अपडेट
विहान ६ बजे सम्म बागलुङको निर्वाचन मगणना अपडेट
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने