अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

सारांश

  • इटहरी, ७ मंसिर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
  • चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने उजुरीमा अख्तियारले खरिदसम्बन्धी सम्पूर्ण कागजात लिएको हो ।
  • उक्त सामग्री खरिद कार्यमा बोलपत्र समेत नगरिएको पाइएको छ ।

इटहरी, ७ मंसिर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने उजुरीमा अख्तियारले खरिदसम्बन्धी सम्पूर्ण कागजात लिएको हो । उक्त सामग्री खरिद कार्यमा बोलपत्र समेत नगरिएको पाइएको छ ।

उपमहानगरपालिकामा निर्वाचित पदाधिकारी आउँदाआउँदै भएको सिएफएल बल्व खरिदसम्बन्धी भ्रष्टाचारमा उद्योग वाणिज्य संघका पदाधिकारी, कर्मचारी एवं निर्वाचित पदाधिकारीसमेतको संलग्नता देखिएपछि त्यसको छानबिन अघि बढाइएको हो ।
उपमहानगरपालिकाभित्र सिएफएल खरिदसँगै फर्निचर खरिद, बालबालिका लक्षित कार्यक्रम र खेलकुदका सामग्री खरिद प्रकरणमा पनि लाखाँै रकमको अनियमतिता भएका विषय बाहिर आउन थालेका छन् ।

यो प्रकरणका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि २० वडामध्ये १२ वडामा विजयी नेपाली काँग्रेसका वडाध्यक्षले यो आर्थिक अनियमितताका विषयमा बुधबार अख्तियारका द्धारिकलाल चौधरीसँग छलफल गर्नुभएकोे एक वडाध्यक्षले जनाए ।

यस प्रकरणमा उपमहानगरका निर्वाचित पदाधिकारी जिन्सी शाखामा कार्यरत कर्मचारी, लेखाका कर्मचारी र उक्त सामग्री खरिदका लागि मूल्यसूचि प्रमाणीकरण गरी दिने उद्योग वाणिज्य संघका पदाधिकारी र एवं सामग्री उपलब्ध गराउने व्यापारीसमेत तानिन सक्ने सम्भावना रहेको खख्तियारसँगै राजस्वसम्बन्धी कार्यालयको समेत ध्यानाकर्षण भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले लगायाे ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध
भारतले लगायाे ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध
फोरम नेपाललाइ हराउन राजपाले चुनाबमा भाग नलिएको ठूलो खतर्नाक खुलाशा, !
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा
धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
​अर्थमन्त्रालय बाटै प्रतिवेदन चोरि भयो !
​अर्थमन्त्रालय बाटै प्रतिवेदन चोरि भयो !
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
कर्मचारी युनियन र केडिया अर्गानाईजेशनद्वारा बाढी पीडितलाई राहत
कर्मचारी युनियन र केडिया अर्गानाईजेशनद्वारा बाढी पीडितलाई राहत

तपाईंले छुटाउनुभयो कि?