प्रधानमन्त्रीले किन राखे आकष्मिक मन्त्रिपरिषद बैठक ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ११, २०७७
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • प्रायः सोमबार नियमित बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजेका लागि डाकिएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
  • विहानै मन्त्रीहरुलाई बैठकका लागि बालुवाटार डाकिएको बुझिएको छ ।

प्रायः सोमबार नियमित बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजेका लागि डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

विहानै मन्त्रीहरुलाई बैठकका लागि बालुवाटार डाकिएको बुझिएको छ । मन्त्रिमण्डल पुर्नगठनको तयारी भइरहँदा आज बैठक आकस्मिक रुपमा डाकिनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री ओलीले पुरै सेट फेर्नेसम्मको प्रस्ताव नेकपा बैठकमा राखेका छन् । अब कुन मापदण्डले मन्त्रिमण्डल पुर्नगठन गर्ने हो भन्ने निष्कर्ष भने निस्किएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?