नेपाली महिला फुटबल टोली म्यानमार जाँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०८०
|
|
३१ पटक हेरिएको
Shares
नेपाली महिला फुटबल टोली म्यानमार जाँदै

सारांश

  • काठमाडौँ ।
  • एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज विदाई गरिएको छ ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

काठमाडौँ । एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली महिला फुटबल टोली आज साँझ म्यानमार प्रस्थान गर्दैछ ।
  
दोस्रो चरणको छनोट खेलका लागि नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई रहेका छन् । त्यस्तै समूह ‘ए’ मा अष्ट्रेलयिा, भियतनाम, इरान र लेबनान रहेका छन् ।

नेपालले पहिलो खेल यही जेठ २३ गते आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेल जेठ २५ गते चीनसँग तथा तेस्रो खेल जेठ २७ गते चाइनिज ताइपेईसँग खेल्नेछ । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट खेलबाट नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?