स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसभित्रको अराजकताबादी समुह बाधक रहेको टिप्पणी गरेका  छ न .
  •                                                                                                                    अध्यक्ष प्रचण्डले पछिल्लो समय नेपाली कांग्रेस संगठित पार्टी भन्दा पनि अराजकतासहितको बर्गको भीड जस्तो बनेको टिप्पणी गरे ।
  • २ नम्बर प्रदेशको स्थानीय चुनाव मा कांग्रेस –माओवादी तालमेल अन्तिम समयमा आएर रोकिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसभित्रको अराजकताबादी समुह बाधक रहेको टिप्पणी गरेका  छ न .                                                                                                                    अध्यक्ष प्रचण्डले पछिल्लो समय नेपाली कांग्रेस संगठित पार्टी भन्दा पनि अराजकतासहितको बर्गको भीड जस्तो बनेको टिप्पणी गरे । २ नम्बर प्रदेशको स्थानीय चुनाव मा कांग्रेस –माओवादी तालमेल अन्तिम समयमा आएर रोकिएको थियो ।

तालमेल हुन नसक्नुको रहस्य खोल्दै उनले भने ‘कांग्रेस भित्रको अन्र्तकलहले गर्दा चुनावी तालमेल हुन सकेन ।  मधेस पहाड हिमाल जोड्न पनि एमालेसँग तालमेल गर्नु ठिक थिएन । निजगढ र ढलकेबरमा चाहिँ भयो  । हाम्रो प्रभाव भएका ठाउमा उसले हामीलाई मेयर दिन मानेन । लालबन्दी र सिमरा जितपुरमा तालमेल भैसकेको थियो तर कांग्रेसकै कारण भएन ।’

‘राष्ट्रबादी को भन्ने अव जनताले बुझ्छन् त्यसकारण कांग्रेसको अराजकबादी चरित्रका कारण तालमेल हुन सकेन,’ उनले भने ।

अध्यक्ष प्रचण्डल कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगरेर गल्ती गरेको भन्दै उसले भविश्यमा ठुलो क्षती व्यहोर्नुपर्ने चेतावनी पनि दिए । उनले कांग्रेसलाई आफुले जे गरेपनि हुन्छ भनेर सोच्नु अहंम भएको भन्दै त्यसो नगर्न सुझाव पनि दिए ।
कांग्रेससँग चुनावी तालमेल नभएपनि माओवादी केन्द्र मधेसमा पहिलो पार्टी बन्ने आधार प्रस्तुत गरे ।
अध्यक्ष प्रचण्डले मधेसको विकास र सम्बृद्धिको बाहक माओवादी केन्द्र मात्रै भएको दावी पनि गरे । उनले राजनीतिक अधिकारमात्र नभई विकास र सम्मृद्धिमा पनि माओवादी केन्द्र अरु पार्टीभन्दा अघि रहेको जनताले विश्वास गरेको बताए । उनले माओवादी जनयुद्ध कालदेखि नै मधेसको सम्बृद्धिका लागि परेको र आफु प्रधानमन्त्री हुँदापनि मधेसको विकासका लागि सक्नेजति गरेको बताए ।
उनले मधेसका लागि हुलाकीमार्गमा आफूले भारतसँग सिधै कुरा गरेर काम सुरु गर्ने प्रयास भएको बताए । उनले अहिले पनि शहरीविकासमन्त्री र प्रधानमन्त्रीलाई समेत भेटेर मधेसको विकास र याहाका जनताको जिवनस्तर उकास्ने किसिमका योजना पार्न पहल गरेको बताए । 
 
अध्यक्ष प्रचण्डले साउन अन्तिममा आएको बाढिपछि सवैभन्दा पहिला आफु मधेसका बाढि प्रभावित जिल्लामा गएर त्यहाँका जनताको समस्या समाधानमा लागेको बताए । उनले सप्तरी, सर्लाही धनुषा, रौतहट आफै पुगेर राहत र क्षतिपुर्तिका लागि ताकेता गरेको बताए । उनले बढि नै प्रभावित क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गरेर प्याकेजमा राहात उपलव्ध गराउन सरकारलाई भनेको पनि सुनाए ।
सत्ताको चावी माओवादीसँगै 
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन परिणामले केन्द्रको राजनीति पनि प्रभावित हुने बताए ।
उनले भने ‘स्थानीय चुनाव परिणामका आधारमा केन्द्रमा हुने चुनावको रणनीति बन्छ त्यसकारण पनि यो महत्वपुर्ण छ ।’ माओवादी यसअघि तेस्रो स्थानमा भएपनि मतान्तर धेरै घटि नरहेको प्रचण्डको भनाई छ ।

उनले अवको विकल्प माओवादी नै हो भनेर जनताले भनेको भन्दै त्यसैका लागि आफू मधेसमा बढि नै सक्रिय भएको पनि प्रष्ट पारे । उनले कांग्रेस एमालेको बीचमा सत्ताको चावि माओवादीसँग भएको जिकिर पनि गरे । ‘हामीले गरेका जनताका कामबाटै अर्को चुनावमा माओवादी निर्विकल्प पहिलो शक्ति बन्छ ।’

आफ्नो जनयुद्धकालदेखि मधेसमा लभ परेको प्रचण्डले दोहोर्याए । ‘मैले पहिला पनि भनेको थिए मधेसमा मेरो लभ परेको छ । त्यो मैले त्यसै भनेको होइन, मैले जनयुद्धको तालिम पनि मधेसमै गरें । जतिवेला मधेसका पिता रामबृक्ष यादवको हत्या भयो त्यसपछिमात्रै पहाड तातेको हो । जनयुद्धताका मोर्चा गठनदेखि जनसरकार गठनसमेत पहिला मधेसमै भएकाले मेरो मधेसँग विशेष सम्बन्ध भएको हो ।

अध्यक्ष प्रचण्डले राजामहाराजाका पालादेखि नै मधेस र मधेसी जनता पछाडि र अपहेलना हुने गरेकाले उनिहरुको सम्बृद्धिमा आफुले बिशेष ध्यान दिएको प्रष्ट पारे ।

 

(https://santaclaritalanes.com/)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Baikuntha Bhandari

    Mhobai lai congress le bokena vanera parchanda rohexa bichara

    Comment Author

    Ramesh Karki

    पहाड्मा त जन्ताको बलि चडाएर सखाप पारी हालेउ अब मधेसमा लब पर्न सुरु भयो है मधेसमा पनि गरिबको मात्र नाम आयो अलि राम्रो बिचार धारणा लिएको भए सबै जन्ताले साथ दिहाल्थेनी यो दुनिया भरको ९ ट्ङ्की गर्नै पर्दैन नि अब नेताले ठूलो सोर्मा भासण नगर्दा राम्रो होला किन कि जन्ता आफै सक्रीयछ्न मात्र चुनाबको लागि बाक्सा राख्नुस अरु जन्तालाइ केही चाइएकोछैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?