नेपाली वायुसेवामाथि युरोपको प्रतिबन्ध अझै हटेन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
नेपाली वायुसेवामाथि युरोपको प्रतिबन्ध अझै हटेन

सारांश

  • इयूको कालोसूचीमा नेपालका सबै र विश्वका १ सय ७८ वायुसेवा कम्पनी – युरोपेली युनियनले नेपाली वायुसेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।
  • २० मंसिर ०७० (५ डिसेम्बर २०१३) मा पहिलोपटक युरोपेली युनियनको ‘एयर सेफ्टी लिस्ट’मा सूचीकृत नेपाली वायुसेवा कम्पनी पछिल्लो ४ वर्षयता युरोपमा प्रतिबन्धित छ ।
  • इयूले गत बुधबार अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड पूरा नगरेका युरोपभन्दा बाहिरका कम्पनीहरूको पछिल्लो सूची सार्वजनिक गरेको छ ।

इयूको कालोसूचीमा नेपालका सबै र विश्वका १ सय ७८ वायुसेवा कम्पनी –

युरोपेली युनियनले नेपाली वायुसेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएको छ । २० मंसिर ०७० (५ डिसेम्बर २०१३) मा पहिलोपटक युरोपेली युनियनको ‘एयर सेफ्टी लिस्ट’मा सूचीकृत नेपाली वायुसेवा कम्पनी पछिल्लो ४ वर्षयता युरोपमा प्रतिबन्धित छ ।

इयूले गत बुधबार अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड पूरा नगरेका युरोपभन्दा बाहिरका कम्पनीहरूको पछिल्लो सूची सार्वजनिक गरेको छ । इयूको यो प्रतिबन्धको सूचीलाई ‘कालोसूची’ भन्ने गरिन्छ । यो सूचीमा नेपालका सबै वायुसेवा कम्पनीसहित विश्वका १ सय ७८ कम्पनी परेका छन् ।

इयूद्वारा जारी विज्ञप्तिअनुसार पछिल्लो अपडेटमा भेनेजुएलाको एक कम्पनी थपिएको छ भने दुईवटा वायुसेवा कम्पनीको प्रतिबन्ध फुकुवा भएको छ । युरोपेली आकाशमा हवाई सुरक्षालाई उच्च प्राथमिकता दिइएको र यस्तो प्रतिबन्ध हवाई सुरक्षा अभिवृद्धिका लागि प्रभावकारी उपाय बनेको इयूले जनाएको छ । इयू एयर सेफ्टी कमिटीको ब्रसेल्समा १३ देखि १५ नोभेम्बरसम्म बसेको बैठकले तय गरेको एयर सेफ्टी लिस्टलाई युरोपेली संसद्को यातायात समितिले समेत सहमति दिएपछि सार्वजनिक गरिएको हो ।

नेपालका १९ वायुसेवा कम्पनी प्रतिबन्धमा
इयूले नेपालका सबै वायुसेवा कम्पनीको प्रतिबन्धलाई निरन्तरता दिएको छ । नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनी सेफ्टी लिस्टमा परेका छन् । सेफ्टी लिस्टको आधार इयूमा आबद्ध मुलुकका हवाई सुरक्षा विशेषज्ञले दिने सुझाब तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेका मापदण्ड कार्यान्वयनलाई बनाउने गरिएको बताइएको छ । नेपाल गत साउनमा आइकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट हटेकाले यस वर्ष इयूको प्रतिबन्धबाट पनि हट्ने अपेक्षा गरिएको थियो । तर, हरेक ६-६ महिनामा समीक्षा हुने यस सूचीबाट नेपाल हट्न सकेन ।

नेपालमा हाल एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालय एयरलाइन्स, मकालु एयर र मनाङ एयरले उडान भरिरहेका छन् । त्यस्तै मुक्तिनाथ हेलिकोप्टर्स, नेपाल एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स, सीता एयर, तारा एयर र यती एयरलाइन्सले पनि नियमित उडान भरिरहेको छ ।

किन हटेन नेपालमाथिको प्रतिबन्ध ?
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार युरोपेली युनियनले तत्काल नेपालमाथिको प्रतिबन्ध नहट्ने संकेत हवाई सुरक्षा समितिको बैठक अगाडि नै दिएको थियो । उनका अनुसार यस बैठकमा नेपालको एजेन्डा नै प्रवेश नगराउने संकेत दिइएको थियो । अर्कोतर्फ इयूले थप केही प्रश्न इमेलमार्फत पठाउने जानकारीसमेत गराएको थियो ।

आइकाओले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेपछि सोही सूचीलाई आधार मान्दै युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीलाई युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाउने गरी एयर सेफ्टी लिस्टमा सूचीकृत गर्‍यो । नेपाल आइकाओले उठाउँदै आएको विविध ८ विधामा सुधार गर्दै गम्भीर सुरक्षा चासोबाट हटिसकेको छ । प्राधिकरणका महानिर्देशक गौतमका अनुसार इयूले आइकाओको मापदण्डलाई एक आधार माने पनि आफ्नो निर्णय लागू गर्ने हुँदा एसएससी लिस्टबाट हट्नासाथ इयू प्रतिबन्ध हट्ने पक्का हुँदैन । इयू हवाई दुर्घटना, हवाई सुरक्षाका विश्वव्यापी मापदण्डको परिपालनालगायत विषयमा प्राधिकरण र वायुसेवा कम्पनीप्रति आश्वस्त हुन सकेको छैन ।

प्रतिबन्धको असर के हो ?
-मुलुकभित्रका सबै वायुसेवा युरोपको प्रतिबन्धमा पर्दा यसले युरोपेली बजारमा नेपाली पर्यटनबारे नकारात्मक छवि बनेको व्यवसायीहरूले बताउँदै आएका छन् ।

-नेपाल वायुसेवा निगम अहिले वाइडबडी जहाज खरिद गर्ने प्रक्रियामा छ । उसले यी जहाज युरोपका विभिन्न मुलुकसहित जापान, अस्ट्रेलिया, कोरियालगायत मुलुकमा उडाउने योजना बनाएको छ । प्रतिबन्ध नहटे नेवानिको योजना असफल हुन्छ ।

-प्रतिबन्ध नहटेसम्म नेपालमा दर्ता भएका अन्य सबै वायुसेवा कम्पनीका लागि युरोपको ढोका बन्द रहनेछ ।

म आफैँ भेटेर कुरा गर्छु
सञ्जीव गौतम
महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
हामीले नेपालमा हवाई सुरक्षा अभिवृद्धिका सन्दर्भमा धेरै काम गरेका छौँ । यसपटक भने युरोपेली युनियनबाट प्रतिबन्ध नहट्ने संकेत दिइसकेको थियो । उसले खासगरी नेपालभित्र व्यवस्थापन फेरबदलको सन्दर्भमा पनि प्रश्न उठाएको थियो । त्यसबाहेक थप केही प्रश्न इमेलमार्फत पठाउने जानकारीसमेत दिएको थियो । यसै महिना (डिसेम्बर)को अन्त्यतिर म आफैँ इयूका जिम्मेवार अधिकारीलाई भेटेर नेपालले गरेका कामबारे जानकारी गराउँछु । नयाँपत्रीका बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्
सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्
सरकारले भन्यो ‘डा  गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
सरकारले भन्यो ‘डा गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग
काठमाडौं आउन तयार भए डा केसी
काठमाडौं आउन तयार भए डा केसी
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
बडादसैँको टीकाको शुभसाइत ११ः५५ मा !
६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश
६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश
देशमा महिला प्रधानमन्त्री बनाउने ओलीको चाहना
देशमा महिला प्रधानमन्त्री बनाउने ओलीको चाहना

तपाईंले छुटाउनुभयो कि?