सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
३९ पटक हेरिएको
Shares
सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने,“भोगाधिकार किन रोकिएको हो ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने,“भोगाधिकार किन रोकिएको हो ? सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना पाउन सकेन ।” उनले सुदूरपश्चिमको मेडिकल कलेजमा घाँस उम्रिएको भए पनि सञ्चालनका लागि ठोस् पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

संविधानमा हस्ताक्षर गर्ने सबैको कर्तव्य यसको रक्षा गर्नु भएको उनको भनाइ थियो । नेता बलायरले व्यवसायी पीडित हुने, बैंक नाफामा जाने अवस्थाको अन्त्य हुनुपर्ने, थारुका समस्या समाधान हुनुपर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?