मेयर पदमा ३ मत मात्रै ल्याए, गरे आफ्नै श्राद्ध
सारांश
- हेटौंडा ।
- स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ती गरेको भन्दै हेटौंडाका उपमहागरपालिकाका मेयर पदका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।
- मंगलबार हेटौडा पाँच स्थित सानोपोखरामा मेयर पदमा उम्मेदवार राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् ।
हेटौंडा । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ती गरेको भन्दै हेटौंडाका उपमहागरपालिकाका मेयर पदका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।
मंगलबार हेटौडा पाँच स्थित सानोपोखरामा मेयर पदमा उम्मेदवार राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् ।
२०७२ असोज ३ गते जारी संविधान मरिसकेको भनेर उनले पटकपटक विभिन्न ठाउँमा संविधान कार्यान्वयनका लागि भएको स्थानीय तह निर्वाचनमा उनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
हेटौंडा २ का शर्माले आफूलाई आफैंले हालेको मतमसमेत मतगणनाको बेला हराएपछि चर्चाको विषय बनेको थियो, आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया