भेनेजुएलामा शक्तिशाली भुकम्प

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
भेनेजुएलामा शक्तिशाली भुकम्प

सारांश

  • काठमाडौं ६ भदौ ।
  • भेनेजुएलामा ७.
  • ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

काठमाडौं ६ भदौ । भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार भूकम्प गएको पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले बताएका छन् । भूकम्पको धक्काले भागदौड मच्चिएको थियो ।

भूकम्पको धक्का १ मिनेटसम्म महसुस गरिएएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भेनेजुएलाको आन्तरिक मामिला मन्त्री नेस्टर लुइस रेभरोलले ट्वीटवरमार्फत सबै देशबासीलाई शान्त रहन आग्रह गरेका छन् ।

भेनेजुएलाको राजधानी काराकाससम्म धक्का महसुस भएको थियो । भूकम्पपछि भागदौड मच्चिएपनि अहिलेसम्म कति क्षति भयो भन्ने आइसकेको छैन ।

सरकारी अधिकारीहरुका अनुसार भूकम्प आएपनि सुनामीको खतरा भने देखिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?