नेपाल अण्डर–१९ विश्वकपबाट बाहिरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
१७ पटक हेरिएको
Shares
नेपाल अण्डर–१९ विश्वकपबाट बाहिरियो

सारांश

  • काठमाडौं।
  • अर्को वर्ष हुने अण्डर १९ विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया गएको नेपाली अण्डर १९ टोली विश्वकपबाट बाहिरिएको छ ।
  • युनाइटेड अरब इमिरेट्सले प्रतियोगितामा आफ्ना सबै खेल जितेसँगै नेपाल विश्वकप खेल्न नपाउने निश्चित भएको हो ।
काठमाडौं। अर्को वर्ष हुने अण्डर १९ विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया गएको नेपाली अण्डर १९ टोली विश्वकपबाट बाहिरिएको छ । युनाइटेड अरब इमिरेट्सले प्रतियोगितामा आफ्ना सबै खेल जितेसँगै नेपाल विश्वकप खेल्न नपाउने निश्चित भएको हो । युएइले प्रतियोगितामा आफ्ना सबै ५ वटै खेल जित्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । यससँगै युएइ विश्वकप पुगेको छ । 
जारी प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोली मात्रै विश्वकप खेल्न पाउँछ र त्यो शीर्ष स्थान युएइले कब्जा गरेको छ । अहिले नेपाल कुवेतविरुद्ध आफ्नो खेल खेलिरहेको छ । यो खेल जितेमा पनि नेपाल विश्वकप जान पाउने छैन किनकि यो खेल जितेमा पनि नेपालको अंक ८ मात्र हुनेछ । नेपालले आफ्ना ५ खेलमध्ये युएइविरुद्धको खेल हारेको थियो । वर्षाका कारण रोकिएको खेल डकवर्थ लुइस विधिबाट छोट्याइँदा नेपाल १ रन पछि परेर पराजित भएको थियो । त्यही वर्षा र एक रनको दूरीले नेपालको विश्वकप सपना पूरा नहुने भएको हो । 
आज युएइले ओमानलाई १० विकेटले पराजित गर्दै नेपाललाई विश्वकपको यात्राबाट आउट गरिदिएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको ओमान ४३.३ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो । १०६ रनको झिनो लक्ष्य पाएका युएइका ओपनर ब्याट्सम्यानले ५० ओभरको खेल पनि टि–२० जस्तै आक्रामक रुपमा खेल्दै १२.१ ओभरमै लक्ष्य हासिल गरे । युएइका दुवै ओपनरले अर्धशतक प्रहार गरे । युएइले ओमानले दिएको १०६ रनको लक्ष्य हासिल गर्ने क्रममा ओपनर आर्यन लाक्राले ४५ बलमा ५१ रन प्रहार गरे भने अर्का ओपनर सयिद हैदरले २८ बलमा ५६ रन बनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
तेह्रथुमबाट दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस
तेह्रथुमबाट दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
१३ अर्बका आयोजना सुस्त
१३ अर्बका आयोजना सुस्त
एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी
एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’
एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
सूचना दिन इन्कार गर्नेलाई कारबाही
सूचना दिन इन्कार गर्नेलाई कारबाही

तपाईंले छुटाउनुभयो कि?