विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
१६ पटक हेरिएको
Shares
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री

सारांश

  •   काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउने तयारी भइरहेको बताएका छन् ।
  • यसो गर्दा कसैलाई हुने फाइदा र नोक्सान नहेरिने प्रधानमन्त्रीले बताए ।
  • नेकपा संसदीय दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जहाँ जोसुकैले सरकारी जग्गा अतिक्रमण गरेको भएपनि सरकारले फिर्ता ल्याउने बताए ।

 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउने तयारी भइरहेको बताएका छन् । यसो गर्दा कसैलाई हुने फाइदा र नोक्सान नहेरिने प्रधानमन्त्रीले बताए ।

नेकपा संसदीय दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जहाँ जोसुकैले सरकारी जग्गा अतिक्रमण गरेको भएपनि सरकारले फिर्ता ल्याउने बताए ।

अहिले नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न बालुवाटार जग्गा प्रकरणलाई विरोधीहरुले उचाल्ने काम गरेको प्रधानमन्त्रीले बताए ।

‘नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव पौडेललाई लान्छना लगाइएको छ, तर उनले त्यो जग्गा राजाको शाससनकालमा किनेका हुन् त्यो बेला महासचिव कमरेड कुनै पदमा हुनुहुन्नथ्यो, उहाँले सत्ता र पदको दुरुपयोग गरेर जग्गा आफ्नो छोराको नाममा गरेको होइन’, प्रधानमन्त्री ओलीले भने ।

उनले यो घटनालाई सरकारले ढाकछोप गरेको भन्दै कांग्रेस सभापति देउवाले लगाएको आरोपको खण्डन गरे ।

‘सरकार असल नियतका साथ छानबिन गरेर जग्गा फिर्ता गराउन लागेको छ, राम्रो गरेको नदेख्ने पनि बुद्धि हुन्छ ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।

उनले बालुवाटार जग्गा प्रकरण, वाइडबडी प्रकरण तथा होटल हायात प्रकरणको स्पष्ट छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?