कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै दुई पार्टीले दाबी पेस गरेका हुन्।

काठमाडौं। प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै दुई पार्टीले दाबी पेस गरेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष केहीबेर अघि दाबी पेस गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
ध्यानमा कुलमान घिसिङ :  प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा
ध्यानमा कुलमान घिसिङ : प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा
गंगामायालाई बचाउन आयोगले गर्यो आग्रह
गंगामायालाई बचाउन आयोगले गर्यो आग्रह
परिवार पोखरामा पारस एक्लै चितवनतिर
परिवार पोखरामा पारस एक्लै चितवनतिर
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
भोलिबाट काठमाडौं उपत्यकामा जोररविजोर प्रणाली हट्ने
भोलिबाट काठमाडौं उपत्यकामा जोररविजोर प्रणाली हट्ने
आज ७२२ जना कोरोना संक्रमित थपिए
‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने
‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने

तपाईंले छुटाउनुभयो कि?