तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०८०
|
|
३२ पटक हेरिएको
Shares
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी

सारांश

  • काठमाडौं।
  • साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी (एससीडीओ)ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गाराउने भएको छ ।
  • कोरोनाका बेला छुट्टी गएको र महामारीका कारणले फर्किन नसकेका र कम्पनीले दिनुपर्ने तलब सुविधा दिन उनीहरूलाई सम्पर्क गर्दा नभेटेपछि कम्पनीले दूतावासलाई पत्र पठाएको थियो ।

काठमाडौं। साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी (एससीडीओ)ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गाराउने भएको छ ।

कोरोनाका बेला छुट्टी गएको र महामारीका कारणले फर्किन नसकेका र कम्पनीले दिनुपर्ने तलब सुविधा दिन उनीहरूलाई सम्पर्क गर्दा नभेटेपछि कम्पनीले दूतावासलाई पत्र पठाएको थियो ।

रियादस्थित नेपाली दूतावासले बिहीबार एक सूचना जारी गर्दै कम्पनीले उनीहरूलाई तलब सुविधा दिन सम्पर्क गर्ने प्रयास गरेको तर नसकेको जानकारी गराउँदै नेपाली कामदारहरूसँग सम्पर्क गराई कम्पनीले प्रदान गर्ने तलब सुविधा भुक्तानीमा सहजीकरण गरिदिन अनुरोधसहितको पत्र दूतावासलाई प्राप्त भएको दूतावासले जनाएको छ ।

कम्पनीको अनुरोधपछि दूतावासले ८ नेपालीको सूची सार्वजनिक गर्दै कम्पनीको इमेलमा यथाशीघ्र सम्पर्क गर्न भनेको छ । यस कम्पनीबाट तलब सुविधा पाउने ८ नेपालीहरूमा सिरहाका सञ्जयकुमार यादव, सुरेशकुमार साह, नवलपरासीका बाबुराम केवट, खोटाङका प्रकाश गिरी, उदयपुरका वेदबहादुर श्रेष्ठ छन् । सञ्जयकुमारले ५ हजार ३ सय, सुरेशकुमारले ३ हजार ७ सय ९४, बाबुरामले ५ हजार ८८, प्रकाश गिरीले ४ हजार ७ सय ६०, वेदबहादुरले ६ हजार ८ सय ४० साउदी रियाल तलब पाउने भएका छन् ।

यसैगरी, सुनसरीका भेगबहादुर राना मगरले ११ हजार ३६, तेह्रथुमका भीमप्रसाद दाहालले ११ हजार ३ सय ८६ र सिरहाका बुधन मुखिया मलहले ६ हजार १ सय १२ साउदी रियाल पाउनेछन् । दूतावासले यी ८ व्यक्तिलाई चिनेको वा सम्पर्क भएको छ भने यो सूचना उनीहरूसम्म पु¥याइदिन पनि अनुरोध गरेको छ ।

गत महिना पनि साउदीको मोहमद अल मोजिल गु्रप कम्पनीले नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई बाँकी रहेको तलब लिन आउन दूतावासमार्फत अनुरोध गरेको थियो । सो कम्पनी टाट पल्टिएपछि त्यहाँ कार्यरत नेपाली कामदार फर्काइएका थिए ।

पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीले कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला त्यहाँ रहेका राम्रा कम्पनीहरूले भने कारणबस घर फर्किएका कामदारहरूलाई तलब सुविधा उपलब्ध गराउन खोजिरहेको छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रणबिरका दुई शब्दले आलियाको आँखामा आँसु
रणबिरका दुई शब्दले आलियाको आँखामा आँसु
10 Amazing Things In Nature You Won’t Believe Actually Exist
10 Amazing Things In Nature You Won’t Believe Actually Exist
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
सीमा नाका बन्द गर्न सिफारिस
सीमा नाका बन्द गर्न सिफारिस
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
उपत्यकामा आज ६०६ संक्रमित थपिए
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी
पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी

तपाईंले छुटाउनुभयो कि?