जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ

सारांश

  • बिराटनगर,भदाै ३।
  • लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टाेलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले विराटनगर १५ भन्सार कार्यालयको २ नम्बर ढाट बाट विराटनगर ८ का ३४ वर्ष का अजय कुमार शर्मा लाई लागूऔषधसहित पक्राउ गरेको हो ।

बिराटनगर,भदाै ३। लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टाेलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर १५ भन्सार कार्यालयको २ नम्बर ढाट बाट विराटनगर ८ का ३४ वर्ष का अजय कुमार शर्मा लाई लागूऔषधसहित पक्राउ गरेको हो ।प्रहरीले उनले बोकेको बोरा चेकजाचँ को क्रममा डाईजेपाम १०५ एम्पुल, एभिल २४ एभिल, फेनारगन ११५ एम्पुल नुर्फिन १०० एम्पुल, नाईट्रोसन १०० चक्की, नाईट्राभेट ४० चक्की, प्रोक्सीन १४४ क्याप्सुल, नुर्फिन लेखिएको स्टिकर लेवल ४५३, लुपिजेसिक लेखिएको स्टिकर लेबल १७७ र मोबाईल सेट १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई ७ को म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?