नेपाल आर्ट काउन्सिल, बबरमहलमा फोटो प्रदर्शनी शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नेपाल आर्ट काउन्सिल, बबरमहलमा फोटो प्रदर्शनी शुरु

सारांश

  • काठमाडौँ, १७ साउन ।
  • फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ ।
  • नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्नेछ ।

काठमाडौँ, १७ साउन । फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्नेछ । फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स, नेपाल स्माइल, डिसहोम, एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उत्कृष्ट १६० फोटो प्रदर्शनीमा राखिएको क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिए।

प्रदर्शनी शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।
बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकाले फोटो पत्रकारले फोटोमार्फत् त्यस्ता पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । त्यसअवसरमा फोटो अफ दि इयर बिजेता नरेन्द्र श्रेष्ठले प्राप्त गरेकाे रु एक लाख पुरस्कारमा रू ७० हजार फुदन सदाका परिवारलाई र बाँकी ३० हजार केही समयअघि निधन भएका पत्रकार यादव थपलीयाको परिवारलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?