सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
सारांश
- निर्मल भट्टराई स्वास्थ्य क्षेत्रका केही माग राखेर अनसनमा रहेका डा.
- गोविन्द केसीसँग सरकारले वार्ता गर्न विलम्ब गरेको आरोप सरकारमाथि निरन्तर लगाइँदैछ ।
- केही कांग्रेस निकट मानवअधिकारवादीहरु, पूर्वन्यायाधीशहरु र कलाकारसमेत सडकमा उतारेर कांग्रेसले सडक आन्दोलनलाई हिंसात्मक बनाउँदै लगेको छ ।
निर्मल भट्टराई
स्वास्थ्य क्षेत्रका केही माग राखेर अनसनमा रहेका डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्न विलम्ब गरेको आरोप सरकारमाथि निरन्तर लगाइँदैछ । केही कांग्रेस निकट मानवअधिकारवादीहरु, पूर्वन्यायाधीशहरु र कलाकारसमेत सडकमा उतारेर कांग्रेसले सडक आन्दोलनलाई हिंसात्मक बनाउँदै लगेको छ । आफू सरकारमा हुँदा तिनै माग राखेर अनसन बसेका केसीको माग सम्बोधन गर्न नसक्ने कांगे्रस अहिले त्यही आवरणमा आन्दोलनमा उत्रिएको छ । सदन अबरुद्ध गरेको छ । पाँचबर्ष कसैले हल्लाउन नसक्ने वर्तमान सरकारलाई अगाडि बढ्न नदिन अहिले प्रतिपक्ष आफ्नो न्वारानदेखिको बल लगाउँदैछ । डा. केसीको अनसनको निहुँ बनाएर लगातार संसद अवरुद्ध गर्दै आएको छ । आवरणमा डा. केसीको अनसन भए पनि नेपाली कांग्रेस आफ्नो अर्कै उद्देश्य पूरा गर्ने ध्याउन्नमा लागेको छ ।
एक चिनियाँ भनाई छ, “कसैको भलो गर्नु छ भने उसलाई माछा नदेऊ, बरु उसलाई माछा मार्न सिकाऊ ।” ओली नेतृत्वको सरकारले नेपालमा त्यही भनाईलाई चरितार्थ गर्न खोजेको देखिन्छ । “समृद्ध नेपाल, सुखी नेपाली” नारा दिएको सरकारले तत्कालका लागि लोकप्रिय कार्यक्रम भन्दा दीर्घकालीन रणनीति बनाउन खोजेको देखिन्छ । समृद्धिको लागि देशमा विद्यमान तमाम बेथितिको अन्त्य गरेर राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी छ । तर नेपाली कांग्रेस कम्युनिष्टको नेतृत्वमा आमूल परिवर्तन भएको हेर्न चाहँदैन । ऐन कानूनमार्फत मात्र परिवर्तन संस्थागत हुने हुनाले ऐन बनाउने थलो संसदलाई यो वा त्यो बहानामा अकर्मण्य बनाइराख्ने दीर्घकालीन रणनीतिमा कांग्रेस लागेको छ । वर्तमान सरकारले जे काम गर्न खोजे पनि अधिनायकवादको हौवा पिटाउने योजना नेपाली कांग्रेसको छ ।
नेकपाको दुईतिहाई बहुमत नेपाली कांग्रेसलाई मात्र होइन, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई पटक्कै मन परेको छैन । नेपालको संसदलाई कमजोर बनाएर सरकारको विजनेस जबरजस्ती बाहिरबाट लाद्ने षणयन्त्रमा यो शक्ति हात धोएर लागेको छ । देशमा अस्थिरता पैदा गराएर धमिलो पानीमा माछा मार्न चाहने नयाँ शक्तिका डा. बाबुराम भट्टराई, एकताप्रति असन्तुष्ट माओवादीहरु, जातिवादी नेताहरु, कट्टर मधेशवादीहरुसँग अहिले कांग्रेसको हिमचिम ह्वात्तै बढेको देखिन्छ । सत्तापक्षसँग तनाव बढ्दै जाँदा यो कित्तामा मोहनविक्रम सिंह, किरण र विप्लव पनि मिसिने निश्चितप्रायः छ ।
नेपाली कांग्रेस सत्तामा हुँदा नेपालको स्वास्थ्य क्षेत्रलाई आफ्नो पकेट क्षेत्र बनाएको थियो । सरकारी र निजी दुबै क्षेत्रमा आफ्नो हालीमुहाली चलाएको थियो । अधिकांश मेडिकल कलेजलाई आफ्ना नेता कार्यकर्ताको पकडमा राखेर आफ्ना कार्यकर्ताको भर्तीकेन्द्र बनाएको थियो । जब स्वास्थ्य क्षेत्रमा बामपन्थीहरुको केही पहुँच बढ्यो, डा. गोविन्द केसीहरु त्यसलाई निस्तेज गर्न निस्के । तिनीहरुलाई नेपाली कांग्रेसलगायतका दलले निरन्तर मलजल गरिरहे, गरिरहेछन् । आफूले नियुक्ति गरेकाहरुको जागिर जोगाउनु छ उसलाई । आकाशमा चिल देखाएर स्यालले भुइँको चल्ला टिपेजस्तो नेकाको राजनीतिलाई सरकारको बेरोकटोक अग्रगति चाहने जनताले बुझ्न अब बेर लाग्दैन ।
गत निर्वाचनमा नेपाली कांग्रेसका नेताहरु अत्यन्तै अलोकप्रिय थिए । सभापति देउवाको असक्षम नेतृत्व एउटा प्रमुख कारण थियो भने अरु नेताहरु पनि त्यत्तिकै अलोकप्रिय थिए । अर्कातिर ओलीसहित अधिकांश बामनेताहरु लोकप्रिय थिए । फलस्वरुप ओली नेतृत्वको शक्तिशाली सरकार बन्यो । ओली सरकारले जनताको पक्षमा देखिने केही राम्रो काम गर्नुअगावै ओलीलाई अलोकप्रिय बनाउन सके आफ्नो गुमेको स्पेस बढ्ने नेकाको विश्वास छ । यही विश्वासको आधारमा कम्युनिष्ट विरोधी मिडियाहरु हाल प्रधानमन्त्री ओलीको खेदो खन्न प्रयोग भएका छन् । र, ती मिडियाहरुलाई अन्तरराष्ट्रिय शक्तिकेन्द्रहरुले नियन्त्रणमा लिन खोजेको पनि देखिदैछ । यतिमात्र होइन, वामनिकट केही मिडियाहरु ओली सरकारको आलोचनामा प्रयोग भइरहेका छन् । अदालतभित्रको आफ्नो शक्तिलाई पनि सरकारको विपक्षमा उरालिदै छन् ।
सभामुख र उपसभामुख एउटै पार्टीको हुनु नहुने नेकाको प्रमुख मुद्दा बनेको छ । संसदीय समितिका सभापतिको ठूलै भाग खोजेको छ उसले । प्रदेश सरकारमा पनि प्रतिपक्षको त्यही दाउँ छ । संसदभित्रको बार्गेनिङलाई प्रतिपक्षले सडकमा ल्याएर संसदीय पदहरु थप्ने रणनीति प्रष्ट बुझ्न सकिन्छ ।
यी अभीष्ट पूरा गर्न “लोकतन्त्रवादी” नेपाली कांग्रेसले सार्वभौम संसदलाई पाँच बर्षसम्म निरन्तर आक्रमण गरिरहने छ । आफ्ना ती अभीष्ट पूरा गर्न गोविन्द केसीजस्ता थुप्रै गोटीहरु चालिनेछन् । सत्तापक्षले बडो सजगताका साथ यस्ता गोटी र षणयन्त्र बेलैमा चिनेर अगाडि नबढ्ने हो भने जनताको समृद्धिको चाहनामा तुषारापात नहोला भन्न सकिन्न । जनमत सधै बन्धक भएर बस्न सक्दैन । एक व्यक्ति वा प्रतिपक्षले संसद सधै बन्धक बनाउनु लोकतन्त्रको उपहास गर्नु सिवाय केही होइन ।
त्यसकारण अब केसीसँग वार्ता गरेर मात्र समस्याको समाधान निस्किदैन । त्यसो त केसी नै पनि समस्याको समाधान होइन । संसदलाई आफ्नो कुरा लाद्ने र सो नभए अस्पतालका झोल टनिकको प्रयोग गरेर आफ्नो अनसनलाई लम्ब्याई रहने योजनामा देखिन्छन् । दुईतिहाई मतले भर्खरै निर्वाचित गरेको प्रधानमन्त्रीका विरुद्ध उनले प्रयोग गरेको विषबमनबाट यो सजिलै बुझ्न सकिन्छ । कथंकदाचित सरकार केसी वार्ता भएर सफलै भइहाले पनि नेपाली कांग्रेसले अरु अजेण्डा अघि सारेर आफ्नो विरोध कायम राख्ने निश्चित छ । त्यसकारण केसीको अनसन केही दिन लम्बिए पनि संसदमा सत्तापक्ष र प्रतिपक्षको सार्थक वार्ता गर्नु वाञ्छनीय हुन्छ । नेकाको अबको बाटो यस्तै हिंसात्मक हुने हो कि जनमतको कदर गरेर सरकारलाई काम गर्न दिने हो प्रष्ट नभई केसीसँग मात्र वार्ता गर्नु सरकारका लागि प्रत्युत्पादक हुनेछ ।
Deven Thapa
हिजो आफै प्रधानमन्त्री हुदा खै त डा के सीको माग पूरा गरेको?
Prakash Parajuli
Raja sanga
Archana Sharma
Good idea
Krishna Chapagain
Himmat xa bhane pelera jau, timra goda paralkai hun bhane xodera jau, k ko barta garnu ?
Saral Sherchan
Dr KC sanga
Kumar Khatiwada
तेरो बाउ सग
Nabin Ijam Nabin Ijam
Maile tapai lekheko talai voyeur sorry hoi
Narayan Kandel
Deba lai buddi le vaya smma tel nikLeko dekhne jantako chahana xa
Rabin Sharma
Kp ko varaute
राम प्रसाद घिमिरे
खाते अस्ति बार्ता हुदैछ भन्थो सरकार गोबिन्द सग अहिले के नाटक बुझ्दैनस
Nabin Ijam Nabin Ijam
Tapai le deupa sang Sodhnu hola answer milx …
Kc Uma
किन देउबा ले बार्ता म सङ गर भन्यो र??
Laxmi Chan
Tehita sata ko moha npayara ho deupa ji
Balram Dhungana
देउबा सग हाेला,काग्रेसले उचालेकाे भए पछि अरु काे सग बार्ता गर्ने।
Chetnath Ruwali
अब देउबाका ३/४ खेमा , पूर्ब राजा , राप्रपा , बिसा , सिके सबैसँग गर्नु पर्ला ।
आफु मरे ……… राजा
को सोंचमा छन ।
Gyanu Thapa
Tayro bad saga ajai tha xina
Uttam Chudal
Janata sanga ho !
Raman Dilli
तेराे धाउ सग गर कुकुर जनता लाई बेकुप गराउने साले गदा
Raj Sundar Shrestha
Medical mafiya .marshi chamal
Waiba Suren Dhadinge
के सि सङ बाबू दुबिधा नपर्नु होला।
Poon Kamal
tw kp sere same hos tero amale congress sabai khaldo khanera garnu parxa
Omkar Saud
तेरो बाउ सङ्ग् के : सि:
Dharma Acharya
हैन डा.के.सी.को पन्ध्रौं अनसन भन्ने थाहा रहेनछ क्या हो यिनलाई,कि सबै अनसनमा कम्युनिष्ट नै सरकारमा थियो र? अनि कसरी शेरे संग वार्ता गर्ने कुरा गरेको?
Govind Subedi
उसैकाे दिवालीया दिमाग संग
Dilu Darlame
सुतेर खान पल्केको डा. के सि
Madhav Banjara
Dilu Darlame अाफ्नो तलबत गरिब गुरुवाकोउपचारमा खर्च गर्नेसुतेर खानपल्केको हुन्छ भ्रष्टाचार गरेर जनझालाइ चुसेर पैसा बैँकमा राख्ने अौषधिउपचार गर्न सरकारि ढुकुटिबाट पचासौ लाख लाने चाहिँ जनताको मुतखान पल्केको हुन्छ माहासय
Ram Chandra Khatiwada
Pagal khate
Saraju Shrestha
निर्मल जी बार्ता को संग गर्ने भनेर सरकारले सोचिरहे जस्तो लाग्यो।बार्ता त केसी संग गर्ने हो।
Gopal Sharma
डा के शी संग,
सिडि किरण सा
Taw sanga garna
Bhakta Bista
Oli jasto aparadhi pm history nepalko ma xaina
Govind Subedi
मार्सि चामलकाे भात संग
Nil Lama
देउवा आउट, त्यो अलच्छिनाको अनुहार त्यता नदेखाउ।
Circuit Kazii
Yo ho ni kura vanko ????
Lok Bahadur Gurung
यो सरकार लाई था छैन को सङ्ग वार्ता गर्ने हो आफ्नै माफिया चोर हरु सङ्ग वार्ता गरे भै हाल्यो नि।
Parshu Bhattarai
ko ho yo feri
Arjun Adhikari
Timi aafai sngga gara
Ganesh Bahadur
Desh lutida junagarne congress afnui desh bhiter dada geri janta mathi dada geri garne govinda keshi ko nam ma desh ko babise nabigarnu hami lai neta le bachaunu
Narayan Bhandari
मार्सि चामलकाे भात संग
Madhav Banjara
डा केसि ले बार्ता सरकार सँग गर्ने कि मेडिकल माफिया सँग ????????
Ashok Ashok Giri
Kc ra janta dekhtaina aandaxa
Ram Niwas Gupta
किन् बार्ता गर्नू पर्यो.माथेमा आयोग गठन सरकार ले गठन गरेको हुनाले सो.अनुसार गरे हुविछ नि .तर स्वार्थ ले गर्न दिदैनि है.
Birendra Shrestha
Tero bau sanga
Ram Bdr Lama
Rajniti ma kunnai addara nabaya ko manchhe .
Ram Niwas Gupta
यतिको.गाली पाउछन् तै पनि लाज शरम छैन .योकुक्कुर हरु लाई.
Yogesh Shakya
पहिले आफ्नै दल भित्र बहस गर्ने आँट गरोस ।
Nand Gurung
deubaji ani gaganji sanga kura garda ramro hola.
Gir Sartunge Magar
कुकुर देउवा शीत होइन
प्रकाश कार्की घृतकौसीक
यश लाई नि मार्सी को छिटो परेछ कि के हो
Tek Bahadur Chand
yota pagal rahexa hi
Harihar Bhattarai
सरकार ले बार्ता म संग गर्नु पर्छ भनेर देउवा ले भनेको कतै भेटियो र।
Yogesh Bhattrai
किन बार्ता गर्नु पर्योर
Hira Bahadur Tamang
Durga prasai sanga anumati liyauta sarkar barta garna lai?
Bishnu Kharel
dalajilai thaha xaina ajai
Mahesh Bist
Ta chor le na bhujeko Sara nepali le bhujda ni
Nisha Rijal
Mathema partibedan implement nothing
Balram Purvey
मार्सि चामलकाे भात संग
Pandit Kedar Pandit
Kura ta Shai ho ko sang Kura gar ne ta sayad India sang ho ke ?
Dinesh Pradhan
मोदी जि सित
Padam Gautam
तेरा बा सग
HariBhakta Basnet
Tali tyti pani tha xaina
Rohit Kunwar
Tero buwo saga
Bharat Neupane
भादा का टट्टू हरु पनि कति हो
Rabieen B. Hada
Nepali janata ko bhagya sanga….
Gyan Adhikari
Dr.kc sangga barta nagare timra medical mafia khor sangga barta garne?
Surya Shrestha
देउवाले उचालेर अनशन बसेका हुन कि स्वविवेकले, त्यो कुरा देउवाको भनाइ अनुसार स्पष्ट भइसक्यो, त्यसैले वार्ता गोविन्द के सि सङ्ग होइन देउवासङ्ग गरे राम्रो होला । त्यसो गर्दा यिनलाई समर्थन गर्ने तटस्थ जनताहरुले पनि यिनको नियत र कहाँबाट सञ्चालित छन् भन्ने कुरा थाहा पाउने छन र अर्को पटक यिनी एक्लै पर्नेछन् ।
Subarna Prasad Subedi
हजुरको यो भनाईले के कुरा स्पष्ट पार्छ भने डा. केसी अनसन बसेको नेकपालाई थाहा छैन?
नेकपाका कार्यकर्ताहरु किन सहिलाई सहि गलतलाई गलत भन्न सक्दैनन्।
Umesh Ghimire
Tero dimag le ke bhanchha?