‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक!

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक!

सारांश

  • काठामाडौं, ६ जेठ ।
  • ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमाले र माओवादी केन्द्र मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक र गैर कानूनी भएको बताएको छ ।
  • आइतबार विज्ञप्ती जारी गर्दै ‘नेपाल कम्युनिष्ट पार्टी’ नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको भन्नु भ्रामक भएको जनाएकाे छ ।

काठामाडौं, ६ जेठ । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमाले र माओवादी केन्द्र मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक र गैर कानूनी भएको बताएको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै ‘नेपाल कम्युनिष्ट पार्टी’ नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको भन्नु भ्रामक भएको जनाएकाे छ ।

अध्यक्ष ऋषीराम कट्टेलले हस्ताक्षर गरेकाे विज्ञप्तिमा  नेपाल कम्युनिष्ट पार्टी संविधानसभाको दोस्रो निर्वाचनदेखि नै निर्वाचन आयोगमा दर्ता भएको जनाउदै राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गरि चुनाव चिन्ह ‘घन कोदालो’ प्राप्त गरेको बताइएकाे छ ।

प्रस्ट कानुनी व्यवस्था हुँदाहुँदै सत्तासिन दलले नै गैरकानुनी क्रियाकलाप गर्नाले उनीहरुको अधिनायकवादी चरित्रको पर्दाफास भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा यस्ता कार्यले नेपालको संविधान, कानुन र सिंगो संसदीय व्यवस्थाको मानमर्दन गरेकोसमेत  आरोप लगाएकाे छ ।

सरकारमा रहेका दलहरुले असंवैधानिक र गैरै कानूनी विधि अवलम्वन गरे त्यसको प्रतिरोध गर्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?