जापानलाइ डोनाल्ड ट्रम्पले दिए यस्ताे चेतावनि !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको आफ्नो अत्यन्तै निकट सम्बन्ध कुनै पनि समय अन्त्य हुन सक्नेमा चिन्ता व्यक्त गरेका छन् ।
  • बिहीबार वाल स्ट्रिटसँगको अन्तक्र्रियामा ट्रम्पले यस्तो बयान दिएको बताइएको छ ।
  • उनले भनेका छन्, ‘व्यापारिक समस्या समाधान गर्न हामीले जापानलाई यति रकम तिर्नुपर्छ भन्नासाथै हामीबीचको सम्बन्ध धेरै धमिलो हुने निश्चित छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको आफ्नो अत्यन्तै निकट सम्बन्ध कुनै पनि समय अन्त्य हुन सक्नेमा चिन्ता व्यक्त गरेका छन् । बिहीबार वाल स्ट्रिटसँगको अन्तक्र्रियामा ट्रम्पले यस्तो बयान दिएको बताइएको छ । उनले भनेका छन्, ‘व्यापारिक समस्या समाधान गर्न हामीले जापानलाई यति रकम तिर्नुपर्छ भन्नासाथै हामीबीचको सम्बन्ध धेरै धमिलो हुने निश्चित छ ।’ हाल अमेरिका, जापानलगायत लामो समयदेखिका मित्रराष्ट्रहरूसँग समेत व्यापारिक मुद्दामा लडिरहेको छ ।

यसै वर्ष ट्रम्पले अमेरिकामा आयात हुने स्टिल र आल्मुनियमजस्ता महत्वपूर्ण धातुहरूको मूल्य वृद्धि गर्ने घोषणा गरेपछि यसले विश्व बजारमा तहल्का मचाएको थियो । यति मात्र नभएर ट्रम्पले गाडीहरूको मूल्यसमेत बढाउने धम्की दिएका हुन् जसपछि जापानका व्यापार मन्त्रीले पनि पछिल्लो महिना अमेरिकाले त्यसको प्रतिउत्तर भोग्नुपर्ने भन्दै चेतावनी दिएका थिए । यसअघि, ट्रम्पको क्यानडा, मेक्सिको, चीन र युरोपेली संघसँग पनि यसै विषयमा विवाद परेको थियो । यसप्रति क्यानडाका प्रधानमन्त्री ट्रयुडुले यस्तो भनेका हुन्, ‘ट्रम्पले चाहे भन्दैमा हाम्रो देशले जथाभावी सर्त र सम्झौतामा कहिल्यै पनि सहमति जनाउने छैन ।’ उनको यस्तो वचनपछि ट्रयुडु र ट्रम्पबीचको विवाद झन् गम्भीर बन्दै गएको बताइएको छ ।

त्यस्तै, चीनसँगको व्यापार नीतिलाई लिएर पनि ट्रम्पले धेरैपटक असन्तुष्टि जनाइसकेका छन् भने पछिल्लो महिना मात्र दुई खर्बभन्दा बढी चिनियाँ वस्तुको मूल्यमा २५ प्रतिशतले वृद्धि पनि गराएका थिए । तर, चीनले पनि यसको प्रतिउत्तरमा अमेरिकी वस्तुहरूमाथि पनि त्यत्तिकै शुल्क वृद्धि गरेको हो। अमेरिकाको व्यापार घाटा कम गर्न आफू जुनसुकै कदम उठाउन पनि पछि नहट्ने अडान लिँदै ट्रम्पले यस व्यापारिक युद्धको सुरुआत गरेका थिए । त्यसैको परिणाम अब जापानले पनि चाँडै भोग्नुपर्ने बताइएको हो । अमेरिकाले जापानबाट करिब १२ अर्ब डलर बराबरको सामग्री निर्यात गर्ने गरेको छ ।

त्यसैले पनि जापानी प्रधानमन्त्री सिञ्जो आबेले ट्रम्पसँग नजिक सम्बन्ध राख्दै आएका छन् र दुवैबीच अहिलेसम्म आठपटक भेटवार्ता भइसकेको छ जसलाई अन्य देशहरूको तुलनामा एकदम धेरै मानिन्छ । तर, अमेरिकासँगको व्यापार छलफलमा अहिलेसम्म कुनै पनि देशले पूर्ण सहमति जनाएका छैनन् । त्यसकारण पनि ट्रम्पले जापानसँगको सम्बन्ध पनि संकटमा पर्ने उल्लेख गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?