जीप र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जीप र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

सारांश

  • पाल्पा, ६ साउन – पाल्पाको तानसेनमा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ ।
  • तानसेन नगरपालिका–८, डुम्रेचोकमा भएको दुर्घटनामा मृत्यु हुनेमा पाल्पा अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन् ।
  • बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ४०८० नंको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु २९ प ७०२१ नंको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

पाल्पा, ६ साउन – पाल्पाको तानसेनमा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–८, डुम्रेचोकमा भएको दुर्घटनामा मृत्यु हुनेमा पाल्पा अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन् ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ४०८० नंको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु २९ प ७०२१ नंको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

शनिबार साँझ भएको दुर्घटनामा परी मोटरसाइकल चालक तानसेन अर्गलीका २७ वर्षीय विनोद थापाको घाइते भएका छन् । मोटरसाइकल पछाडि सवार पुनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषतर्फ लैजाँदा बाटोमा नै मृत्यु भएको हो ।

मोटरसाइकल चालक घाइते थापाको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?