बागलुङको भीमगिठेमा पहिरोले ५ घण्टा बढीघाट थुनिंदा घरगोठ डुबे, मध्यपहाडी लोकमार्ग अवरुद्ध
सारांश
- बागलुङ ३० भदौ ।
- बागलुङको भीमगिठेमा पहिरो गई बढीघाट थुनिएको छ ।
- मध्य पहाडी लोकमार्गमा पर्ने बडीगाड गाउँपालिका भिमगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमाना तुरतुरे स्थित ठुलो भ-याङमा शुक्रबार राति भीषण पहिरो खस्दा बढीघाट थुनिएको हो ।
बागलुङ ३० भदौ । बागलुङको भीमगिठेमा पहिरो गई बढीघाट थुनिएको छ । मध्य पहाडी लोकमार्गमा पर्ने बडीगाड गाउँपालिका भिमगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमाना तुरतुरे स्थित ठुलो भ-याङमा शुक्रबार राति भीषण पहिरो खस्दा बढीघाट थुनिएको हो ।
पहिरोले खोला थुनेपछि करिव १ किलोमिटरसम्म पानीको ताल बनेको छ । पहाडै भत्किएर ५ घण्टासम्म थुनिएको बडीगाड खोला विहान ६ बजेपछिमात्र खुलेको छ । रातभर खोला थुनिएपछिी भिमगिठे बजार, खाल बजार, खारबजार र खर्बाङ बजार देखी गुल्मीको रुद्रबेणीसम्मका बसिन्दा त्रसित छन् ।
पहिरोले नदी थुनिएको खबर पाएलगत्तै स्थानीय सञ्चार माध्यम, सुरक्षाकर्मी, स्थानीयबासी नदी तटका क्षेत्रमा रहेका वासिन्दालाई सुरक्षित राख्न प्रयत्न गरेका थिए । राति ११ बजेको समयमा एक्कासी भीषण पहिरो खसेर बडीगाड खोला थुनिएको अवस्था छ ।
पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अबरुद्ध छ । बुर्तिबाङ हुँदै बाहिर जाने यातायातका साधन चल्न सकेका छैनन् । पहिरोले नदी थुनिएपछि पानीको बहाव बढेपछि पहिरो गएको छ ।

हिरोले केही घर, गोठ डुबानमा परेका छन् । पानी थुनिएपछि बढ्दै जाँदा ढोरपाटन नगरपालिका २ सिमलचौरमा देविराम कुमाल र कृष्ण बहादुर कुमालको दुई तले घर गोठ डुवानमा परेको हो ।
त्यसै ठाउँमा चुडाबहादुर कुमालको गोठमा रहेका ३ वटा गोरु गोठमा बाँधेको अवस्थामा डुवेका छन् । छिमेकी रामबहादुर कुमालको गोठ डुवानमा परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
डुवानमा परेर केही धनमाल क्षति भएको र केही महत्वपूर्ण सामान निकाल्न भ्याएको स्थानीयले बताएका छन् ।
राति ११ बजे पहिरोको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको समन्वयमा सेना, प्रहरी सहितको टोलीले उद्दारको काम गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया