नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २५, २०७७
|
|
३४ पटक हेरिएको
Shares
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण

सारांश

  • भारतसँग सिमाना जोडिएको बाराको सुवर्ण गाउँपालिकाको कबहीगोठ पछगछियामा रहेको सशस्त्र प्रहरी बल(एपीएफको अस्थायी पोष्टमा नजिकैको भारतीय गाउँबाट आएका सय जना भन्दा बढीले आक्रमण गरेका छन्।
  • नेपालमा रहेको खेतीपातीमा काम गर्न भन्दै आएका दुई जना भारतीयलाई अस्थायी चेकपोष्टका सुरक्षाकर्मीले रोकेपछि उनीहरुले केही छिनमै गाउँले बोलाएर आए ।
  • सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको थियो।

भारतसँग सिमाना जोडिएको बाराको सुवर्ण गाउँपालिकाको कबहीगोठ पछगछियामा रहेको सशस्त्र प्रहरी बल(एपीएफको अस्थायी पोष्टमा नजिकैको भारतीय गाउँबाट आएका सय जना भन्दा बढीले आक्रमण गरेका छन्। नेपालमा रहेको खेतीपातीमा काम गर्न भन्दै आएका दुई जना भारतीयलाई अस्थायी चेकपोष्टका सुरक्षाकर्मीले रोकेपछि उनीहरुले केही छिनमै गाउँले बोलाएर आए । सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको थियो। एपीएफ प्रवक्ता प्रविन कुमार श्रेष्ठले कोही पनि भारतीय नेपाल छिर्न नपाएको बताए । श्रेष्ठका अनुसार अस्थायी चेकपोष्टमा भने क्षति पुगेको छ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि नेपालले भारतसँगको सीमा बन्द गरेपछि एपीएफले अस्थायी चेकपोष्टको संख्या एक हजार २ सय १३ र्पुयाएको छ। बोर्डर अब्जर्भेसन पोष्ट(बीओपीले नभ्याउने भएपछि अस्थायी पोष्टहरु राखिएका छन्। एपीएफ प्रवक्ता श्रेष्ठका अनुसार एउटा अस्थायी पोष्टले डेढ किलोमिटर दुरी हेर्नुपर्छ। अस्थायी पोष्टमा एक सिफ्टमा दुई जना सुरक्षाकर्मी हुन्छन्।

सुवर्ण गाउँपालिकाको वडा नम्बर( ३ स्थित कवहीगोठ पछगछिया नाका नजिकै भारतीग गाउँ रहेको छ। घटनापछि भारतीय सिमा सुरक्षा बल(एसएसबीको टोलीसँग समन्वय गरिरहेको एपीएफले जनाएको छ। ‘सिमाको दुवैतर्फबाट आवतजावतमा कडाई गर्न समन्वय भइरहेको छ। एसएसबीको टोलीले पनि आफ्नोतर्फबाट मानिसहरु छिर्न नदिने प्रतिबद्धता व्यक्त गरेको छ’, सशस्त्र प्रवक्ता श्रेष्ठले भने।

यसअघि भारतीयले झापामा पनि एपीएफको सिमा सुरक्षा पोष्टमा आक्रमण गरेका थिए। नेपालमा रहेको खेतीपातीमा काम गर्न पाउनु पर्ने माग गर्दै उनीहरु आक्रमणमा उत्रिएका थिए। नेपालले जेठ १८ गतेसम्मका लागि भारतसँगको सिमा पुर्णरुपमा बन्द गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?