नेपाल–बंगलादेश प्राविधिक समितिको बैठक काठमाडौंमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
नेपाल–बंगलादेश प्राविधिक समितिको बैठक काठमाडौंमा

सारांश

  • काठमाडौं।
  • नेपाल बंगलादेशबीच सहुलियत पूर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौंमा सुरु भएको छ।
  • राजधानी काठमाडौंमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ।

काठमाडौं। नेपाल बंगलादेशबीच सहुलियत पूर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौंमा सुरु भएको छ। राजधानी काठमाडौंमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ। विशेष गरेर क्षेत्रीय उडान, उर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकले दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताए।

बंगलादेश वाणिज्य मन्त्रालयकी सह सचिव सरिफा खानले दुई देशबीचको व्यापार प्रवद्र्धनका सम्बन्धमा यसअघि पनि छलफल भइसकेकाले बैठकले त्यसबारे महत्वपूर्ण निर्णय गर्नेमा आफू आशावादी रहेको बताए। प्राविधिक समितिको बैठकले गरेका निर्णयहरु दुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने छ। बैठकमा नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन्। बैठक बुधबारसम्म चल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?