कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०८१
|
|
४२ पटक हेरिएको
Shares
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

सारांश

  • काठमाडौं।
  • काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • काठमाडौँ जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

काठमाडौं। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

अधिकारीमाथि लिखत  र मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

विराटनगरबाट पक्राउ परेका उनलाई लगत्तै काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याएसँगै उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको थियो।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले अधिकारीलाई आजै काठमाडौं ल्याएको हो।

गत कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएकाे प्रहरीले जनाएको छ।

नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख बुझाएको प्रहरीको आरोप छ।

यसअघि नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुले लिए शपथ
प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुले लिए शपथ
पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा  पुर्‍याउछौँ: मन्त्री बस्नेत
पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउछौँ: मन्त्री बस्नेत
कांग्रेस-एमाले मिलेर समानुपातिक प्रणाली हटाउन लागेका हुन्?
कांग्रेस-एमाले मिलेर समानुपातिक प्रणाली हटाउन लागेका हुन्?
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत  ८७९५
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत ८७९५
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै
बारम्बार नछुनुहोस् शरीरका यी अगंहरु, बिरामी परिन्छ !
बारम्बार नछुनुहोस् शरीरका यी अगंहरु, बिरामी परिन्छ !
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
आइफोन-८ र आइफोन-८ प्लस मंसिर १ देखि नेपाली बजारमा
आइफोन-८ र आइफोन-८ प्लस मंसिर १ देखि नेपाली बजारमा
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर