नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
२४ पटक हेरिएको
Shares
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

सारांश

  • नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ ।
  • महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो ।
  • उहाँ मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । उहाँ मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहनुभएका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहनुभएको थियो । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उहाँ पहिलो प्रस्तोता रहनुभएको थियो ।

उहाँ टेलिभिजनका अगुवाका रुपमा चिनिनुहुन्थ्यो । उहाँ रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसक्नुभएको छ । इलामको फिक्कलमा जन्मिनुभएका शर्माको श्रीमती र दुई छोरा हुनुहुन्छ । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?