जनकपुरमा सार्वजनिक भएको अभिव्यक्ति अनुपयुक्त: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३० वैशाख  ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसदलाई जानकारी गराएका छन् ।
  • संघीय संसदको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिन नेपालमा विताउँदा के के गरे भन्ने विवरण सांसदहरुलाई जानकारी गराएका छन् ।

काठमाडौं, ३० वैशाख  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसदलाई जानकारी गराएका छन् ।

संघीय संसदको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिन नेपालमा विताउँदा के के गरे भन्ने विवरण सांसदहरुलाई जानकारी गराएका छन् ।

मोदीलाई जनकपुरमा अभिनन्दन गर्ने क्रममा सार्वजनिक भएको अभिव्यक्ति राष्ट्रिय मर्यादा, कुटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको ओलीले बताए । ‘जनकपुरमा नागरिक अभिनन्दनमा, अभिव्यक्त भएका कुराहरु अलिक राष्ट्रिय मर्यादा, कुटनीतिक मर्यादाको कसीका कमजोर र अनुपयुक्त हो,’ संसदमा प्रधानमन्त्री ओलीले भने,‘ ती अनुभवनका कारणले रहे होला ।’ तर त्यो धारणा नेपाल सरकारको नभएको उनले स्पस्ट पारे ।

‘नेपाल सरकारको जसले परराष्ट्र सम्बन्धबारे हेर्छ ती नीति होइनन्’ओलीले भने,‘ परराष्ट सम्बन्ध, नेपाल भारत सम्बन्धका स्पष्ट धारणा छदै छन् ।’

नेपाल भ्रमणमा आएका मोदीलाई अभिनन्दन गर्न जनकपुरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको बताएका थिए । उनले दुई नम्बर प्रदेशका जनता निकै गरीब र दुखी रहेको भाषण गरेका थिए ।

विदेशीको अगाडि नेपालको बेइज्जत गरेको भन्दै राउतको आलोचना भएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    राज बिरजंग राणा

    हा हा हा हा के हौ यस्तो पारा डबल रोल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?