यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २४, २०८१
|
|
१६ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
  • आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

काठमाडौं।नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३७ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?