भारतमा किसानको माग – चौबिसै घण्टा विद्युत नदेउ
सारांश
- काठमाडौं, असोज १२ – दक्षिण भारतको तेलेंगना राज्यका किसानले चौबिसै घण्टा विजुली आपूर्तिको विरोध गरेका छन् ।
- किसानले चौबिसै घण्टा विजुली नदिन अधिकारीहरुसँग माग पनि गरेका छन् ।
- नियमित विद्युत आपूर्ति हुँदा जमिनमुनिको पानी धेरै तानिने र त्यसले गर्दा इनार तथा अरु पानीको श्रोत सुक्ने भन्दै विद्युत आपूर्ति अनियमित गर्न माग गरेका हुन् ।
काठमाडौं, असोज १२ – दक्षिण भारतको तेलेंगना राज्यका किसानले चौबिसै घण्टा विजुली आपूर्तिको विरोध गरेका छन् । किसानले चौबिसै घण्टा विजुली नदिन अधिकारीहरुसँग माग पनि गरेका छन् ।
नियमित विद्युत आपूर्ति हुँदा जमिनमुनिको पानी धेरै तानिने र त्यसले गर्दा इनार तथा अरु पानीको श्रोत सुक्ने भन्दै विद्युत आपूर्ति अनियमित गर्न माग गरेका हुन् । गएको जुलाइमा सरकारले तेलेंगनाका तीन जिल्लामा चौबिसै घण्टा बिजुली दिने घोषणा गर्दै बिजुली आपूर्ति नियमित गर्दै आएको थियो । तर किसानले भने दिनको ९ घण्टा मात्र विद्युत आपूर्ति गर्न माग गरेका छन् । त्यहाँका किसानले आफूहरु पूर्णतया जमिनमुनिको पानीमा निर्भर रहेको र २४ घण्टा विजुली आउँदा भविष्यका लागि खतरा हुने बताएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया