सभामुख महरा ल्हासा प्रस्थान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
६१ पटक हेरिएको
Shares
सभामुख महरा ल्हासा प्रस्थान

सारांश

  • काठमाडौँ, २२ भदौ ।
  • सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन्।
  • भ्रमणका क्रममा उहाँ आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

काठमाडौँ, २२ भदौ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन्।भ्रमणका क्रममा उहाँ आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुहुने सभामुखको सचिवालयले जनाएको छ ।

ल्हासामा रहँदा सभामुख महराले त्यहाँस्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास गर्नुहुने छ । त्यस्तै उहाँले ल्हासाबाटै रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा सभामुख महराले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’को बैठकलाई सम्बोधन गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।

सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शान्तिमाया तामाङ पाख्रिन, नेपाली काँग्रेसका रङमति शाही, सङ्घीय समाजवादी फोरमका उमाशङ्कर अरबरिया, राष्ट्रिय जनता पार्टी (राजपा )नेपालका एकवल मियाँ र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी हुन्छन् । त्यस्तै सङ्घीय संसद् सचिवालयका सचिव भरतराज गौतम र सभामुखको सचिवालयका प्रतिनिधिसमेत भ्रमणमा सहभागी हु। उहाँ यही भदौ २६ गते स्वेदश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा
विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा
आगामी तीन दिनको मौसम, शनिबार चार वटा प्रदेशमा भारी वर्षा हुने
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे :  सुजता कोइराला
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे : सुजता कोइराला
समानुपातिकमा पुरुषलाई राहत
” शिखर न्युजको बाढी पीडित राहत संकलनअभियान “
” शिखर न्युजको बाढी पीडित राहत संकलनअभियान “
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिने न्यायाधीश सर्वोच्च अदालतमा !
नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिने न्यायाधीश सर्वोच्च अदालतमा !
इरानले अमेरिकी ड्रोन खसाल्यो, वासिङ्टनद्वारा पुष्टि
इरानले अमेरिकी ड्रोन खसाल्यो, वासिङ्टनद्वारा पुष्टि