अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
सारांश
- सुर्खेत, ११ बैशाख ।
- बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआईडी)ले मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माण गर्ने घोषणा गरेको छ ।
- कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा डिएफआईडीले उक्त सडक निर्माणको घोषणा गरेको हो ।
सुर्खेत, ११ बैशाख । बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआईडी)ले मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माण गर्ने घोषणा गरेको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा डिएफआईडीले उक्त सडक निर्माणको घोषणा गरेको हो ।
ग्रामीण पहुँच कार्यक्रम (फेज ३) अन्तरगत शुरु गर्न थालिएको मुगु–हुम्ला लिंक रोडबाट कर्णाली प्रदेशको अति दुर्गम २ जिल्लाका नागरिक लाभान्वित हुनेछन् । कार्यक्रममा बोल्दै डिएफआईडी एशिया निर्देशक च्ष्अजबचम ःगलतनयmभचथ ले मुगुको रारा–छायाँनाथ नगरपालिकाबाट शुरु हुने यो सडकले हुम्लाको चंखेली गाउँपालिकाको देउली गाउँलाई जोडने जानकारी दिए ।
सडक निर्माण घोषणा कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेशको विकासका लागि सडक निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताए । कर्णाली प्रदेशमा निर्माण हुने सबै सडक पर्यटकीय सडक हुने बताउँदै मुख्यमन्त्री शाहीले मुगु–हुम्ला लिंक रोड निर्माणपछि कर्णालीको पर्यटन प्रवद्र्धन, स्थानीय जनताको आयस्रोत बृद्धि र आवागमनमा सहजता लगायतका लाभ उठाउन सकिने बताए ।
भौगोलिक विकटता र स्रोतको अभावका कारण प्रदेश सरकारलाई बाह्य लगानीको आवश्यकता रहेको भन्दै मुख्यमन्त्री शाहीले लगानीमैत्री वातावरण निर्माणको प्रतिवद्धता व्यक्त गरे । सरकारको प्राथमिकतालाई ख्याल गरेर लगानी गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री शाहीले अन्य दातृ निकायहरुलाई समेत कर्णालीको विकासका लागि हातेमालो गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडक निर्माणपश्चात ग्रामीण क्षेत्रका व्यापारिक मार्ग मुगु–हुम्लालाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने आधार तय गर्ने विश्वास व्यक्त गरे । भौतिक पूर्वाधारको विकास नगरेसम्म अन्य क्षेत्रको विकास गर्न नसकिने भएकाले सरकारले बाह्य लगानी भित्राउने खालका नीतिहरु निर्माण गर्न लागेको बताए ।
मुगु–हुम्ला लिंक सडक आसपासमा जनघनत्व न्युन रहेकाले सडक निर्माणमा तीव्रता दिन मेसिन र मानवीय श्रम दुबैको प्रयोग गरिने डिएफआईडीका नेपाल प्रमुख रुरीक मार्सडेनलेले जानकारी दिए । ६५ किलोमीटर लामो यो सडक निर्माणको क्रममा ६ लाख श्रमदिनको रोजगारी सिर्जना हुनेछ भने ८ हजार परिवारले आम्दानी प्राप्त गर्ने उनले बताए । यो सडक खण्ड निर्माणको कुल लागत २ अर्ब २४ करोड रहेको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्री, सामाजिक विकास मन्त्री दल रावल, पर्यटन मन्त्री नन्दसिंह बुढा, कृषि मन्त्री विमला केसी, हुम्ला जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावत, मुगु जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकाय, छायाँनाथ–रारा नगरपालिकाका मेयर हरिजङ्ग शाही, चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई लगायतको उपस्थिति थियो ।
बाजा
प्रतिक्रिया