पैसा दिएर भर्ना भएपछि एमबीबीएसको प्रमाणपत्र पाउने ग्यारेण्टी भएर बाहिर गएका हुन् : गगन थापा (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
५२
|
३९ पटक हेरिएको
Shares
पैसा दिएर भर्ना भएपछि एमबीबीएसको प्रमाणपत्र पाउने ग्यारेण्टी भएर बाहिर गएका हुन् : गगन थापा (भिडियोसहित)

सारांश

  • काठमाडौं, ९ साउन ।
  •   नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका नेपालीहरु स्वदेशमा पढ्न नपाएर नभई पैसामा प्रमाणपत्र लिनका लागि गएको बताएका छन् ।
  • बंगलादेशमा चिकित्सा शास्त्र पढीरहेका बिद्यार्थीका वारेमा असंवेदनशिल टिप्पणीका कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजिनामा दिएको भोलिपल्ट थापाको यो भनाई यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

काठमाडौं, ९ साउन ।  नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका नेपालीहरु स्वदेशमा पढ्न नपाएर नभई पैसामा प्रमाणपत्र लिनका लागि गएको बताएका छन् ।

बंगलादेशमा चिकित्सा शास्त्र पढीरहेका बिद्यार्थीका वारेमा असंवेदनशिल टिप्पणीका कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजिनामा दिएको भोलिपल्ट थापाको यो भनाई यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

‘बाहिर पढ्न जाने मध्ये केही छात्रवृतिमा गएका हुन । तर ९० प्रतिशत बाहिर गएका बिद्यार्थी नेपालमा पढ्न नपाएर होइन । बंगलादेश गएका, चीन गएका र फिलिपिन्स गएका बिद्यार्थी पैसा दिएर भर्ना भएपछि एमबीबीएसको सर्टिफिकेट आउने ग्यारेन्टी पहिला हातमा लिएर पढ्न गएका हुन्’ थापाले भनेका छन् ।

‘बाहिर पढ्न जाने मध्ये केही छात्रवृतिमा गएका हुन् । तर ९० प्रतिशत बाहिर गएका बिद्यार्थी नेपालमा पढ्न नपाएर होइन । बंगलादेश गएका, चीन गएका र फिलिपिन्स गएका बिद्यार्थी पैसा दिएर भर्ना भएपछि एमबीबीएसको सर्टिफिकेट आउने ग्यारेन्टी पहिला हातमा लिएर पढ्न गएका हुन्’ थापाले भनेका छन् ।

नेपालमा चिकित्सा शिक्षा पढ्न नपाएर नभई विदेश जाँदा पैसामा सजिलै एमबीबीएसको प्रमाणपत्र पाइने भएकाले गएका हुन् भन्ने आपत्तीजनक अभिव्यक्ति थापाले दिएका हुन् । त्यसमा पनि उनले चीन, बंगलादेश र फिलिपिन्समा डाक्टरको प्रमाणपत्र सहजै पाउने र त्यसका लागि पढ्न नपर्ने आशय राखेर त्यहाँबाट पढेका डाक्टरहरुको योग्यता र क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

डा. गोबिन्द केसी अभियानका एक राजनीतिक प्रबक्तासमेत रहेका थापाले चिकित्सा शिक्षाको सुधारका लागि आफू स्वास्थ्यमन्त्री हुँदा केही गर्न नसकेपनि प्रचार भने निकै गरेका थिए । केसीको माग सम्वोधन गर्न नसकेका उनले आफू सरकारबाट हटेपछि भने फेरी यो मुद्दालाई उठाएर राजनीति गरिरहेका छन् ।

अभिभावकले दुःख गरेर ती देशमा एमबीबीएस गर्न पठाएका र फर्केर आएका डाक्टरहरुमाथिको यो अभिव्यक्तिको तिब्र आलोचना भएको छ । कानुनमन्त्री तामाङले मन्त्री पद्बाट राजिनामा दिएर आफ्नो नैतिकता प्रदर्शन गरेका छन् भने सांसद थापाले यस्तो आपत्तीजनक अभिव्यक्तिलाई कसरी सच्याउलान् ? यो प्रश्नमा वहस भइरहेको छ ।

https://www.facebook.com/binodbabu/videos/489045141566325/

प्रतिक्रिया

52 कमेन्ट

    Comment Author

    Durga Nath Regmi

    येस्की स्वास्नी काहा पढाई गरेकि ho?

    Comment Author

    उत्तम घिमिरे

    त्यसैले काउन्सिलकाे परिक्षा पछि मात्र पढ्न वाहिर जान दिने/पाउने गराईएकाे हाे र ?

    Comment Author

    Jivan Ek Shangharsh

    Arukam painas kahi yasto chapdai chasss

    Comment Author

    Shyam Spakota

    Kathaie bichara kangress le nafa kamaun kholeko medical collage huda hudaie kina gayeu ho dajubhaie didi bahini ho bangladesh yeha kangress haru ra bharatiye ra haru 6atpatayer marna thale

    Comment Author

    Shyam Spakota

    Ani gagan thapa ko budhi le pani nepal ma mbbs padhna nasaker bidesh maie gayer padekhi holin hain ta?

    Comment Author

    Siddha Raj Bhatta

    Kripaya yo news channel ko kunai pani kuro satya hoina… Khate guu Khane dhungi patrakaar

    Comment Author

    Rajan Acharya

    अनि स्वास्थ मन्त्री हुनु भएकै थियाे त ,,,,

      Comment Author

      Mohan Kathayet Kc

      Tehi bhara thapako ta

    Comment Author

    Kedar Koirala

    ramroneta bhanthannekota hoina racha . galatkura bhukera nahidna mera sujhabx.

    Comment Author

    Ganesh Shakya

    बाङ्लादेश चिन फिलिपिन्समा पढ्नेहरू र पधाउन पठाइएका बाबुआमाहरु किन चुप बसेको होला? के गगन जि ले भनेको कुरा सत्य भएरनै चुप बसेको त?
    And, why Bangladesh, China and Singapore medical college are also silent?

    Comment Author

    Giddi Habs

    बाख्रा चोर को चुरिफुरि

    Comment Author

    Kaliyug Rn

    Gaga thapa bolayo jasto xa jpt boladai xa arko palta vot chaedaina ke k ho

    Comment Author

    Kamal Khatri

    fake news

    Comment Author

    Kaliyug Rn

    Aba yesko pani rajniti garne din gaye xan aba yeslai mental vaye jasto xa

    Comment Author

    Indra Bhandari

    १००% सहि कुरा हो विदेसबाट डकटर भयर अायो भन्दैमा जागिर दिनु हुदैन पुन परीक्षा लिनु परछ

    Comment Author

    Sushil Halwai

    Joooor comments

    Comment Author

    Tirthraj Chapagain

    गगन ले यसो भन्न सुहाएन है

    Comment Author

    Ram K Rai

    गगनेका भजनमण्डलीहरु कहाँ छन हौ? कोहि देखिन्दैनन् त!!

    Comment Author

    Rajesh Khanal

    Stupid Gagane

    Comment Author

    Shyam Subedi

    What is mean? The medical pupil who took their degree from aboard are not competent in medical practice in Nepal.I understood like this. Or any other meanings !

    Comment Author

    Chandra Adhikari

    Yo neta pagal vyx rachi laanpro

    Comment Author

    Dilip Thapa Chhetri

    LAJ navayeko neta

    Comment Author

    Sudip Mahato

    chor ho yo exam ma sadhai chit chorera pas vako hola

    Comment Author

    Amrit Bohara

    राजनीति यस्तै हो, सिसाको घरमा बसेर अर्कोको घरमा ढुङ्गा हान्नु हुदैन ?भनेको यहि हो परेन त फसाद

    Comment Author

    Kumar Jung Baniya

    लौ हेर तुक्के र ज्यान्मारा का भरौते पत्रकार.

    Comment Author

    Phanindra Paudel

    गगनेका भ्यागुताहरु अहिले कता गए

    Comment Author

    Neerjung Gurung

    गगनको कुरामा सहमत गर्न सकिन्छ ।

    Comment Author

    Min Bahadur Khadka

    डाक्टर के सी लाई अड०गालो हालेको गगन को दीमाग हाहाहा

    Comment Author

    Tanka Giri

    सेर बहादुर तामाङले आफ्नो नैतिकता पूरा गर्दै माफी माग्नुको साथै राजिनामा दिनु भयो यसरिनै गगन थापा र दुर्गा प्रसाइले पनि राजनितिको साधारण सदस्य समेत नपाउने गरि राजिनामा दिनु पर्छ

    Comment Author

    Arjun Rijal

    कुकुर लाई के था…. हद्दी भित्र को रस।

    Comment Author

    Prabhat Manandhar

    अव पालो थापा काजिको आए जस्तो छ !

    Comment Author

    Nirajan Limbu

    yi patrakar dekhi pani nasakine vayo

    Comment Author

    Gurung Mk

    Wow, is this true Mr Gagan ji? If it is true then k vanxan ta bahira bata MBBS pass garera ayeka students?

    Comment Author

    Anita Lamsal

    yi patrakar dekhi pani nasakine vayo

    Comment Author

    Narayan Lama

    yesto ghatiya kura garne neta mathi karbai hunu par6

    Comment Author

    Uddhab Karki

    Sahi kura

    Comment Author

    Pitambar Adhikari

    राजनीति गर्नेहरूले नजानेकाे भन्ने क्यै हुँदाे रैनछ हाै , नसकिनेभाे वा !

    Comment Author

    Ramesh Pyakurel

    काग्रेसि मित्रहरु कानुन मन्त्रीको भनाइ लाइ त उछालेउ अब गगन थापाको भनाइ लाइ के गर्छौ ?

    Comment Author

    Chandra Kumar Tumbahangphe

    Ho hajur. BPKH ko case ma ni 14 aauxa bhani guarantee bhayera nai hola…

    Comment Author

    Santosh Paudel

    Yeha kohi bhanda kohi kam rahenachan .gagan pani dekhiyo kp pani….

    Comment Author

    Krishna Poudel

    गगनले यस्तो भन्नू धेरै गलतहो

    Comment Author

    Yubaraj Sapkota

    गधॉ साला

    Comment Author

    Dilip Oli

    गर्ने काद्ने कगने खाने हगने राज्नितिमा सबै भन्दा गनगन गर्ने गगने ।

    Comment Author

    Bharat Kumar Shrestha

    K ko cheat hunu ra bahira canteen maa basera majale exam ta arkai le po dine ho ta netagiri vayepaxi

      Comment Author

      Rc Shrestha

      K timle dekheko ho? Prove sahit boliraako ho timi?

      Comment Author

      Bharat Kumar Shrestha

      Ekdam majja le ho netagiri garne swobiyu ka mahasayaharu ko sabaiko Testai ho

      Comment Author

      Bharat Kumar Shrestha

      I mean jo sobiyu jiteka haru hunxan jasko campus maa halimuhali chalxa

      Comment Author

      Bharat Kumar Shrestha

      Yesto kura tmle bujdainau feri k bidi chitta dukhako ta gagan lai vanyo vanera

    Comment Author

    Bomjan Bomjan

    Pagal kukur

    Comment Author

    Bomjan Bomjan

    Gagan

    Comment Author

    Tanab Sarma

    साला को बुद्धि ।अनि तेस्तो डाक्टर ले नेपाली जन्ताको उपचार गर्दा कस्तो अवस्ता होला। तिहि भएर यत्रो आन्दोलन गर्न कार्यकर्ता खटाको बुद्धि नभको नेता।बिस्वमा नेपाल मा md गरेका डाक्टर को कत्रो मान सम्मान छ। तेति कुरो थाहुदाहुदै किन नेपाल मा नेपाली चोर नेता हरुको अँखा नखुलेको के बिदेस पठाउनु राम्रो कि सोदेस्मै मेडिकल कलेज खोल्नु राम्रो एति कुरो किन नबुजेको? कि बिदेसी को ड्लर खायौं हो चोर हरु हो।

    Comment Author

    Mani Giri

    बाङ्लादेश चिन फिलिपिन्समा पढ्नेहरू कति जनाले काउन्सिलकाे परिक्षा पास गरेका छन डाटा हेर्नु होला।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 52
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?