नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५० पटक हेरिएको
Shares
नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

सारांश

  • तौलिहवा, ११ मङ्सिर , नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ ।
  • बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन सकिने उपायलगायत विषयमा छलफल भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिनुभयो ।
  • बैठकमा भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएका नेपालका कपिलवस्तु र रुपन्देही जिल्लाको सीमा नाकामा हुने आपराधिक घटना नियन्त्रणका लागि दुबै पक्षबाट सहयोग, समन्वय र सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको उहाँले बताउनुभयो ।

तौलिहवा, ११ मङ्सिर , नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ ।

बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन सकिने उपायलगायत विषयमा छलफल भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएका नेपालका कपिलवस्तु र रुपन्देही जिल्लाको सीमा नाकामा हुने आपराधिक घटना नियन्त्रणका लागि दुबै पक्षबाट सहयोग, समन्वय र सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको उहाँले बताउनुभयो ।

सीमावर्ती क्षेत्र र दशगजाका सवालमा उत्पन्न हुने विवादलाई आपसी समझदारीका आधारमा सुल्झाउने प्रयास गर्ने र दुबै पक्षबाट आ –आफ्नो ढङ्गले केन्द्रलाई जानकारी गराउने पनि सहमति भएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

बैठकले भारतीय सिमावर्ती क्षेत्र चाकरचांैडा नाकामा भारतीय भन्सार कार्यालय राख्न सुझावसमेत दिएकोे छ । सो क्षेत्रमा भन्सार कार्यालय राख्न सके भारतको अलिगढवा घुम्न आउने पर्यटकलाई बौद्धस्थल लुम्बिनी र तिलौराकोट भ्रमणका लागि सहज हुनेछ ।

भारतीय पक्षले विशेष गरी सीमा क्षेत्रबाट आपराधिक गतिविधि नियन्त्रणमा नेपालतर्फ सशस्त्र प्रहरीले खेलेको प्रयासको प्रशंसा गर्नुभएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर पाण्डे, नं २८ गण कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी र भारतीय पक्षबाट सीमा सुरक्षा बल ४३ बटालियनका डेपुटी कमाण्डेन्ट पञ्कजकुमार बर्मा, एसएसबी इन्टेलिजेन्स ब्यूरोका प्रमुख एमएस रायको ससहभागिता थियो । आगामी बैठक कपिलवस्तुमा हुने सहमति भएको छ ।

(https://emdrprofessionaltraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैनिक १४ घन्टासम्म लोडसेडिङ, किन हुन्छ ?
दैनिक १४ घन्टासम्म लोडसेडिङ, किन हुन्छ ?
यसकारण एयर एसियाले मलेसिया–काठमाडौं उडान बन्द  गर्दै !
यसकारण एयर एसियाले मलेसिया–काठमाडौं उडान बन्द गर्दै !
अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा
अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा
छुर्पीको मूल्यमा कमी आएपछि किसान चिन्तित
छुर्पीको मूल्यमा कमी आएपछि किसान चिन्तित
यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै
यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै
प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब
प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
सत्ता गठबन्धन बैठक स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय
मौद्रिक नीति सार्वजनिक
मौद्रिक नीति सार्वजनिक