एेरी रन आउट,नेपाल संकटमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
एेरी रन आउट,नेपाल संकटमा

सारांश

  • काठमाडौं, १८ साउन ।
  • नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ।
  • टस जितेको नेपालले १६ ओभरमा ४ विकेट गुमाएर ७२ रन जोडेको छ।

काठमाडौं, १८ साउन । नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ। टस जितेको नेपालले १६ ओभरमा ४ विकेट गुमाएर ७२ रन जोडेको छ। नेपालले २९ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए। अनिल शाहले चार रन जोडे।

नेपालले ८ औं ओभरमा सुरुका दुई विकेट गुमाएको हो। सुबास खकुरेल १९ रनमा आउट भए। चौथो विकेटका रुपमा दीपेन्द्रसिंह एेरी १९ रनमै पवेलियन फर्किए। कप्तान पारस खड्का १० रनमा खेल्दैछन्। दुई खेलको शृ‌ंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?