प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ११, २०८१
|
|
३८ पटक हेरिएको
Shares
प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महासमिति हुँदै केन्द्रीय समितिमा पेस गरेका प्रस्तावका कतिपय विषयहरूमा मध्यमार्गी बाटो खोजेर सहमतिमै केन्द्रीय समितिबाट पारित गर्ने तयारी गरेका छन्।
  • गत फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए।

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महासमिति हुँदै केन्द्रीय समितिमा पेस गरेका प्रस्तावका कतिपय विषयहरूमा मध्यमार्गी बाटो खोजेर सहमतिमै केन्द्रीय समितिबाट पारित गर्ने तयारी गरेका छन्।

गत फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए। महासमिति सदस्यहरूले प्रस्तावमाथि राखेका सुझाव समेटेर केन्द्रीय समितिबाट अनुमोदन गर्ने सर्वसम्मति निर्णय महासमिति बैठकले गरेको थियो।

महासमिति सकिएको चार महिनापछि गत साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महासमितिबाट आएका प्रस्तावहरू अनुमोदन गर्ने एजेण्डा राखिएको थियो। महामन्त्रीद्वय थापा र शर्माका प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्।

पार्टी पदाधिकारीहरूले भने प्रस्तावमाथि बोल्न बाँकी छ। केन्द्रीय समितिको बैठक यही भदौ १२ गते बुधबार अपराहृन ३ बजेका लागि बोलाइएको छ। उक्त बैठकअघि नै सभापति देउवा महामन्त्रीद्वयका प्रस्तावका कतिपय विषयमा मध्यमार्गी बाटो खोजेर केन्द्रीय समितिबाट सर्वसम्मत पारित गर्ने प्रयासमा लागेका छन्।

प्रस्तुत प्रतिवेदनलाई केन्द्रीय समितिबाट सर्वसम्मत पारित गराउने रणनीतिस्वरूप सभापति देउवाले प्रतिवेदनमाथि छलफल गर्न उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्। सभापति देउवाले आज (मंगलबार) बिहान ११ बजे आफ्नो निवास बूढानीलकण्ठमा पार्टीका शीर्ष चार नेतालाई छलफलका लागि बोलाएका हुन्। दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको निकट स्रोतको भनाइ छ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेस गरेका गरेका छन्। महामन्त्री थापाको प्रतिवेदनमा भनिएको छ, ‘पार्टी संगठन र समर्थक-शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौँ।’

थापाको प्रस्तावमा गठबन्धनको विषय उल्लेख नभए पनि देउवा पक्षीय नेताहरूले चुनावी तालमेल रणनीतिक विषय भएकाले अहिले निर्णय गर्न आवश्यक नरहेको अडान लिँदै आएका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका छन्। राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा बढी हुन नपाउने उनको प्रस्ताव छ।

प्रदेशमा मुख्यमन्त्री दुईपटक, मन्त्री तीन र प्रदेशसभा सदस्य चारपटक भन्दा बढी हुन नपाउने महामन्त्री शर्माको प्रस्ताव छ। शर्माले प्रतिवेदनमा उल्लेख गरेको पदावधिको देउवा पक्षका नेताहरूले विरोध गरेका छन्।

उनीहरूले प्रस्ताव लोकतन्त्र र संविधानविपरीत रहेको र सभापति देउवालाई प्रधानमन्त्री बन्न रोक्ने नियत देखिएको भन्दै जारी केन्द्रीय समिति बैठकमै चर्को आलोचना गरेका छन्। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय र महामन्त्रीद्वय बीच छलफलमा पदाधिकारी तहबाट मध्यमार्गी बाटो के हुनसक्छ ? भनेर खोजी गर्नेछन्।

१५औँ महाधिवेशन कार्यतालिका बनाएर जाने र चुनावअघि कसैसँग पनि गठबन्धन नगर्ने विषय महामन्त्री थापाको प्रतिवेदनमा समावेश छ। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिमा पहिलो दुई वर्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति छ। कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो।

विधानअनुसार चार वर्षमा अर्को महाधिवेशन गर्नुपर्ने हुन्छ। महामन्त्री थापाले २०८२ मंसिरमा १५औं महाधिवेशन गर्ने प्रस्ताव गत फागुनमा भएको महासमिति बैठकमै पेस गरेका थिए। कांग्रेस विधानअनुसार १५औँ महाधिवेशनमा देउवा सभापति उठ्न पाउने छैनन्।

कांग्रेसको विधानले दुईपटक मात्रै सभापति बन्न मिल्ने व्यवस्था गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनले शेरबहादुर देउवा बाहेकलाई सभापति बनाउने निश्चित छ। आफूबाहेक अर्कै व्यक्ति पार्टी सभापति भएको खण्डमा २०८३ असार ३० गतेपछि आफूलाई प्रधानमन्त्री बनाउने हो कि होइन भन्नेमा देउवा नै द्विविधामा रहने हुँदा प्रधानमन्त्री नबनुन्जेल महाधिवेशन नगराउने संस्थापनइतर समूहको बुझाइ छ। कांग्रेस सभापति देउवा पाँचपटक प्रधानमन्त्री भइसक्नु भएको छ। छैटौँ पटकका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेका छन्।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आइतबार करिब तीन घण्टा आफूनिकट नेताहरूसँग कुराकानी गरे। विशालनगरमा रहेको कोइरालाको सम्पर्क कार्यालयमा १४औँ महाधिवेशनमा आफ्नो समूहबाट पदाधिकारी र केन्द्रीय सदस्य जितेका तथा केही सांसदहरूसँग छलफल गरेका हुन्।

उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, दीपक गिरी लगायतका नेताहरू सहभागी छलफलमा समसामयिक राजनीति, जारी केन्द्रीय समिति बैठकका एजेण्डा, पार्टीको आन्तरिक विषयहरूमा केन्द्रित रहेर धारणा तथा गुनासा राखेका थिए। छलफलमा महामन्त्री गगन थापा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलगायत उपस्थित भने उपस्थित भएनन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Techno rozen

    Real Estate I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त प्रकरण : छानविन समिति पहिलो पटक  घटनास्थल
निर्मला पन्त प्रकरण : छानविन समिति पहिलो पटक  घटनास्थल
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
बन्दीपुरमा एक एकवर्षभित्र केबुलकार
बन्दीपुरमा एक एकवर्षभित्र केबुलकार
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)