नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

सारांश

  • काठमाडौं।
  • भारतीय राजदूतावास काठमाडौंले कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरुका लागि दूूतावासमा स्वागत समारोहको आयोजना गरेको छ।
  • कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यावसायिक क्रिकेट सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका थिए।

काठमाडौं। भारतीय राजदूतावास काठमाडौंले कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरुका लागि दूूतावासमा स्वागत समारोहको आयोजना गरेको छ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यावसायिक क्रिकेट सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका थिए।

ती सामाग्री बीपी कोइराला भारत-नेपाल फाउन्डेशन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो।

नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान गरेको थियोे। राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरे।

उनले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपाबीचको जनता-जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए। उनले आगामी त्रिदेशीय टी-२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिए।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, संघका सचिव पारस खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बीपी कोइराला भारत-नेपाल फाउन्डेशन र एसजेभीएनलाई धन्यवाद दिएका थिए। उनीहरुले क्रिकेट सामाग्रीको हस्तान्तरणसँगै भारतीय दूतावास र नेपाल क्रिकेट संघबीच सहकार्य यात्राको सुरुवात भएको बताए।

भारतीय दूतावास, काठमाडौंले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराउनुका साथै बीपी कोइराला भारत-नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?