परपुरुषसँग सम्बन्ध रहेको भन्दै चक्कु हानी श्रीमतीको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
परपुरुषसँग सम्बन्ध रहेको भन्दै चक्कु हानी श्रीमतीको हत्या

सारांश

  • काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपनमा आइतबार राति एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
  • परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउँदै विवाद बढेपछि खोटाङ घर भई कपनमा बस्दै आएका ४० वर्षीय सुवास राईले राती ११ बजे श्रीमती ३५ वर्षीया प्रमिला राईलाई अन्धाधुन्ध चक्कु प्रहार गरेपछि प्रमिलाको मृत्यू भएको हो ।
  • उपचारका लागि अस्पताल लैजाँदै गर्दा प्रमिलाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपनमा आइतबार राति एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउँदै विवाद बढेपछि खोटाङ घर भई कपनमा बस्दै आएका ४० वर्षीय सुवास राईले राती ११ बजे श्रीमती ३५ वर्षीया प्रमिला राईलाई अन्धाधुन्ध चक्कु प्रहार गरेपछि प्रमिलाको मृत्यू भएको हो ।

उपचारका लागि अस्पताल लैजाँदै गर्दा प्रमिलाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना भए लगत्तै सुवासलाई राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हाल बौद्ध प्रहरी वृतमा राखिएको छ । प्रारम्भिक अनुसन्धानमा सुवासले प्रमिलामाथी दिनहुँ परपुरुष सम्बन्धको आशंका गर्दै विवाद गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको ६ वर्षीय छोरा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?