सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
२० पटक हेरिएको
Shares
सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन

सारांश

  • नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ ।
  • नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
  • लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै यसको विरोध गरिएको हो ।

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै यसको विरोध गरिएको हो ।

विरोधसभामा बोल्दै नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरी जारी गरेको नक्साको बारेमा सरकारले तत्काल चासो दिएर अन्तर्राष्ट्रिय मञ्चलाई घच्चघचाउनुपर्ने बताउनुभयो ।उहाँले सत्तामा रहेका दल र ठूला राजनीतिक दलहरुले तत्काल भारतको विरोध गर्न नसक्दा भारतले सीमा अतिक्रमण गरेको विचार व्यक्त गर्नुभयो ।

जम्मु कश्मीरमा भारतको हस्तक्षेपबारे नेपाली नेताले बोल्न नसक्नु र संयुक्त राष्ट्रसङ्घमा भएको सभामा नेपाली पक्षले सीमा विवादबारे विषय उठाउन नसक्दा अहिले भारतले नेपालको सीमा मिच्न बल पुगेको उहाँको आरोप छ । सांसद सुवालले नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्सा नसच्चाएसम्म नेमकिपाले सडक र सदनमा विरोध जारी राख्ने बताउनुभयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?