कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)

सारांश

  • नेपाली कांग्रेसले विभिन्न ७ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चयन गरेको छ ।
  • कांग्रेस संसदीय बोर्डले ताप्लेजुङ, पाँचथर सोलुखुम्बु, खोटाङ,मनाङ, हुम्ला र जाजरकोटका प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको उम्मेदवार टुंगो लगाएको हो ।
  • कांग्रेस निर्णय अनुसार यसअघि पर्यटनमन्त्री रहेका जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभामा उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसले विभिन्न ७ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चयन गरेको छ ।कांग्रेस संसदीय बोर्डले ताप्लेजुङ, पाँचथर सोलुखुम्बु, खोटाङ,मनाङ, हुम्ला र जाजरकोटका प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको उम्मेदवार टुंगो लगाएको हो ।

कांग्रेस निर्णय अनुसार यसअघि पर्यटनमन्त्री रहेका जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । उनलाई ६ नम्बर प्रदेशको भावी मुख्य मन्त्रीका रुपमा हेरिएको छ ।

हुम्लाबाट प्रतिनिधिसभामा मंगल शाहीलाई उम्मेदवार तय गरिएको छ भने प्रदेशसभाको अर्को क्षेत्रमा ठानबहादुर रोकाया उम्मेदवार बन्ने भएका छन् ।

प्रतिनिधिसभातर्फ ताप्लेजुङबाट केशवप्रसाद दाहाल, पाँचथरबाट भीष्मराज आङ्दाम्बे, सोलुखुम्बुबाट बलबहादुर केसी, खोटाङबाट सरस्वती बजिमय, मनाङबाट टेकबहादुर गुरुङ र जाजरकोटबाट राजीवविक्रम शाह उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?