भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित )

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
४९ पटक हेरिएको
Shares
भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित )

सारांश

  • काठमाडौं ।
  • भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिनअघि मात्रै आफ्नै यू–ट्युव च्यानलमार्फत ‘आकाशको तारा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।
  • पछिल्लो समय चलचित्र क्षेत्रमा निकै व्यस्त संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीत समावेश रहेको गीतको एरेञ्ज पनि हरकुलिशले नै गरेका छन् ।

काठमाडौं । भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिनअघि मात्रै आफ्नै यू–ट्युव च्यानलमार्फत ‘आकाशको तारा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा निकै व्यस्त संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीत समावेश रहेको गीतको एरेञ्ज पनि हरकुलिशले नै गरेका छन् ।

धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्यूजिक भिडियोमा स्वयम् गायिका वर्षासँगै शिव गुरुङले फिचरिङ गरेका छन् । म्यूजिक भिडियोमा मेकअप र कोरियोग्राफी पनि गायिका वर्षाले नै गरेकी छन् । प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्यूजिक भिडियोमा गायिका वर्षाको गायनसँगै अभिनय पनि उत्कृष्ट छ ।

२ वर्षअघि नेपाली गीत–संगीतलाई नियाल्दा युवा पुस्ताले रुचाएको एक गीत थियो ‘विस्तारै विस्तारै’ । यो गीतको सफलतासँगै वर्षा कर्माचार्यको नामको अगाडि थपिएको उप–नाम थियो, सफलगायिका वर्षा कर्माचार्य । उनै गायिका कर्माचार्यले नयाँ गीतसहित म्युजिक भिडियो ‘आकाशको तारा’ सार्वजनिक गरेकी हुन् ।

हाल अमेरिकामा रहेकी गायिका वर्षाले पहिलो गीत जस्तै यो गीतलाई पनि दर्शकले मन पराउने आशा गरेकी छन् । ‘म सधैं आफ्नो गीतमा दर्शकलाई केही फरकपन दिन खोज्छु । यो गीतमा पनि दर्शकलाई नयाँपन दिन खोजेकी छु,’ वर्षाले भनिन् ‘विदेशमा बसेर पनि नेपाल र नेपाली गीत÷संगीतिक क्षेत्रलाई विश्वमा परिचित गराउने सोच बनाएकी छु ।’
लिंक यसप्रकार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
भारतको महाराष्ट्रमा माओवादीको भिषण आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु
भारतको महाराष्ट्रमा माओवादीको भिषण आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
पहिलाेपटक क्षुद्र ग्रह खोज अभियान !
पहिलाेपटक क्षुद्र ग्रह खोज अभियान !
दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला
दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला
रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
साउन २० गते सोमबारको राशिफल यस्तो छ