नेपाल लाइफद्धारा कोरोना उपचार कोषमा एक करोड सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
नेपाल लाइफद्धारा कोरोना उपचार कोषमा एक करोड सहयोग

सारांश

  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई हस्तान्तरण गरेको छ ।
  • कम्पनीले गरेको घोषणा अनुरुपको सहयोग रकम नेपाल कोषमा जम्मा गरिएको हो ।
  • नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले चेक हस्तारन्तरण गरेका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई हस्तान्तरण गरेको छ । कम्पनीले गरेको घोषणा अनुरुपको सहयोग रकम नेपाल कोषमा जम्मा गरिएको हो । नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले चेक हस्तारन्तरण गरेका हुन् । सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए । यस सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?